Suvadin, Home

एमाले गणतन्त्र मास्ने खेलमा : उपेन्द्र यादव

अध्यक्ष उपेन्द्र यादवले एमाले संघीयता, गणतन्त्र लगायतका उपलब्धि मास्ने नियतका साथ अघि बढिरहेको बताएका हुन्। काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ४७ सालतिर फर्केर मुलुकलाई अघि बढाउन नसकिने पनि प्रष्ट पारेका हुन्।
उपेन्द्र यादव।

काठमाडौं, पुस १३


संघीय समाजवादी फोरम नेपालले प्रमुख प्रतिपक्षी नेकपा एमाले संघीयता र गणतन्त्र समाप्त पार्न लागिपरेको आरोप लगाएको छ ।

अध्यक्ष उपेन्द्र यादवले एमाले संघीयता, गणतन्त्र लगायतका उपलब्धि मास्ने नियतका साथ अघि बढिरहेको बताएका हुन्। काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ४७ सालतिर फर्केर मुलुकलाई अघि बढाउन नसकिने पनि प्रष्ट पारेका हुन्।

अध्यक्ष यादवले संविधानमा देखिएका त्रुटि नसच्याई निर्वाचनमा जान नसकिने अडान पनि दोहोर्याएका छन्। उनले सत्तामा जाने हतारोमा ठूला दलहरुले त्रुटिपूर्ण संविधान जारी गरेकाले त्यसको विरोध गर्नु परेको जिकीर गरे। 

अध्यक्ष यादवले सबै समुदायको मागलाई सम्बोधन गर्न ठूला दलहरु तयार नभए मुलुक संकटमा फस्ने चेतावनी दिए। उनले एमालेप्रति संकेत गर्दै मुलुकलाई विखण्डनको बाटोतिर लैजाने काम भइरहेको भन्दै आक्रोश व्यक्त गरे।

अध्यक्ष यादवले संविधानमा उल्लेख गरिएको व्यवस्था उल्लंघन गर्दै तीन ठूला दल अघि बढिरहेको आरोप लगाए। उनले ठूला दलबाटै मुलुकलाई अलमलमा पार्ने काम भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।


 

More form the Internet

loading...