Suvadin, Home
Nepal Life Insurance Ltd.

विस्तृत कार्ययोजना ल्याउन सरकारलाई निर्देशन

व्यवस्थापिका संसदको विकास समितिले स्वच्छ खानेपानी व्यवस्थापनका लागि विस्तृत कार्ययोजना ल्याउन सरकारलाई निर्देशन दिएको छ। मंगलबार बसेको समितिको बैठकले सरोकारावाला निकायसँग छलफल गरी स्वच्छ खानेपानीको उचित व्यवस्थापन गर्न निर्देशन दिएको हो।
संसद।

काठमाडाैं, पुस २६


व्यवस्थापिका संसदको विकास समितिले स्वच्छ खानेपानी व्यवस्थापनका लागि विस्तृत कार्ययोजना ल्याउन सरकारलाई निर्देशन दिएको छ। मंगलबार बसेको समितिको बैठकले सरोकारावाला निकायसँग छलफल गरी स्वच्छ खानेपानीको उचित व्यवस्थापन गर्न निर्देशन दिएको हो।

जनसंख्या वृद्धिसँगै स्वच्छ खानेपानीको अभाव देखिएकाले समस्या समाधानका लागि विस्तृत कार्य योजना ल्याउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति रविन्द्र अधिकारीले जानकारी दिएका छन्।

समितिले उपभोक्तालाई मर्का पर्ने गरी खानेपानीको महशुल निर्धारण नगर्न पनि सरकारलाई सचेत गराएको छ। उपभोक्तालाई मर्का पर्ने गरी खानेपानीको महशुल लिने गरेको उल्लेख गर्दै समितिका सभापति  अधिकारीले उपभोक्ताको हितलाई ध्यानमा राखेर महशुल निर्धारण गर्न पनि सरकारलाई निर्देशन दिएको बताए।

समितिले स्वच्छ खानेपानी उपभोग गर्न पाउने नागरिकको नैसर्गिक अधिकार हनन् हुन नदिन पनि सरकारलाई भनेको छ। बैठकमा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समूहका महासचिव चन्द्रनारायण महर्जनले कर्मचारीले उपभोक्ता मर्कामा पर्ने गरी खानेपानीको महशुल निर्धारण गरेको उल्लेख गर्दै त्यसलाई घटाउन माग गरेका थिए। उनले विपदका बेला खानेपानी अभाव बढी हुने भएकाले विपद व्यवस्था राहत कोष स्थापना गरी खानेपानीको व्यवस्था गर्न पनि माग गरे।

बैठकमा बोल्दै सहरी विकास राज्य मन्त्री दीपक खड्काले सहरी विकास योजनालाई परिमार्जन गर्दै अघि बढाएर खानेपानीको अभावलाई न्यूनीकरण गर्दै लैजान आफू प्रतिवद्ध रहेको बताए । अर्थसचिव शान्तराज सुवेदीले खानेपानीको महशुल घटाउन सम्बन्धित निकायसँग आफू छलफल गर्न तयार रहेको बताए।

 

More form the Internet

loading...