Suvadin, Home
Nepal Life Insurance Ltd.

व्यवस्थापिका संसदको बैठक स्थगित 

काठमाडौं, मंसिर ३० 

व्यवस्थापिका संसदकाे बिहीबारको बैठक स्थगित भएको छ। बिहीबार ११ बजे बोलाइएको बैठक सभामुख ओनसरी घर्तीमगरले सूचना टाँस गरी स्थगित गरेकी हुन्। 

संसदकाे अर्काे बैठक पुस ४ गते १ बजे बस्ने सूचनामा उल्लेख छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको प्रस्तावको बिरोधमा यस अगाडि पाँचौ पटकसम्म संसद अवरुद्ध गरेको थियो।

तर, सत्तारुण दल र एमालेबीच दुई दिन अगाडि  निर्वाचन सम्बन्धि कानुनहरू पारित गर्नका लागि मात्रै संसद चल्ने दिने सहमति  भएको थियो।

 

More form the Internet

loading...