Suvadin, Home

महिन्द्राको नयाँ कृषि विशेषज्ञ ट्याक्टरहरुको अनावरण

मंसिर ३ , २०७३ नारायणघाट ।
महिन्द्रा एण्ड महिन्द्रा ग्रुपको नेपालका लागि आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत रहेको अग्नि इन्कर्पाेरेटेड प्रा. लि. ले आज युवो ट्याक्टरहरुको नयाँ रेन्जको अनावरण गरेको छ । ३०–४५ हर्सपावर सेग्मेन्टमा सबैभन्दा उत्कृष्ट टेक्नोलोजीका साथ उक्त ट्याक्टरले अझ धेरै कभरेज, छिटोे अपरेशन तथा उत्कृष्ट गुणस्तरको कार्यक्षमता प्रस्तुत गर्दछ । पूर्णतया नयाँ प्लाटफर्ममा बनेको नवीनतम तथा इन्डस्ट्री र वर्गमै पहिलो १२ फर्वार्ड र ३ रिभर्स् पूmल कन्स्ट्यान्ट–मेश गियरबक्स्का साथ महिन्द्रा युवो एकदम बहु–उपयोगी छ र ३० भन्दा बढी कृषि अनुप्रयोगहरुका लागि प्रयोगमा ल्याउन सकिन्छ । युवोको उन्नत टेक्नोलोजीले कृषकहरुको विभिन्न प्रयोजनहरु पूरा गर्न सक्छ – हार्भेस्टिङ्ग देखि ल्याण्ड प्रिपेरेशन र पोस्ट–हार्भेस्टिङ्ग आवश्यकताहरुसम्म, युवोले कृषकहरुलाई दिन्छ धेरै गर्ने, छिटो गर्ने र उत्कृष्ट गर्ने क्षमता ।

उक्त अनावरण कार्यक्रममा बोल्दै, सञ्जय जादव, भाइस प्रेसिडेन्ट, हेड अफ इन्टरनेशनल अपरेशन – ए.एफ.एस (साउथ एशिया), महिन्द्रा एण्ड महिन्द्रा लि., ले भन्नुभयो – “महिन्द्रा भोल्यूमको आधारमा विश्वकै नं. १ ट्याक्टर ब्राण्ड हो जो विश्वभरका कृषकहरुलाई नवीनतम टेक्नोलोजीका कृषि–मुखी समाधानहरु पस्कन प्रतिबद्ध छ । महिन्द्रा युवो कम्पनीको यस लक्ष्य तर्फ चालिएको एक प्रमुख कदम हो र यसले नेपालका विकासुन्मुख कृषकहरुका आवश्यकताहरु पूरा गर्ने कुरामा कम्पनी विश्वस्त छ । युवोको डिजाइन संसारभरिका कृषि प्रयोजनहरुमा लागेका कृषकहरुको आवश्यकताहरुलाई ध्यानमा राख्दै गरिएको छ जसले युवोलाई एक कृषि विशेषज्ञ ट्याक्टर बनाएको छ ।

जादवले थप भने – “युवो सँगै हामी अर्काे एक विशेषज्ञ प्रोडक्ट अर्थात स्पेलिस्ट सोल्युसन पस्कन गइरहेका छौं – इन्जीन तथा ट्रान्समिशनको लागि महिन्द्रा जेनुइन आयल, एम–स्टार जसले दिन्छ बढी ड्रेन पिरियडका साथ कम अपरेशन खर्च र बढाउँछ ट्याक्टरको लाइफ र पर्पmमेन्स् । यस्ता प्रस्तुतिहरुले नेपालका कृषकहरुको सशक्तिकरण गरी उनिहरुको उत्पादकत्व बढाउने महिन्द्राको प्रतिबद्धता झनै झल्काएको छ ।

सोही कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक, क्याबिनेट श्रेष्ठले भन्नुभयो – “गत जुनमा अर्जुन नोभोको अनावरणले पाएको जोरदार प्रतिक्रियाको एक वर्ष भित्रमै भएको नेपालको ट्याक्टर सेग्मेन्टमा यो दाश्रो ठूलो अनावरण हो र यसलाई आफ्ना देशभर पैmलिएका डिलर सञ्जाल माझ प्रस्तुत गर्न पाएकोमा कम्पनी गर्वित छ। महिन्द्रा युवोले थुप्रै नयाँ टेक्नोलोजीहरु प्रस्तुत गरेको छ जुन जस्तोसुकै माटोमा वा परिस्थितिहरुमा उत्कृष्ट पर्फमेन्श् र बहु–उपयोगी फिचर्सहरु प्रदान गर्दै आएको छ जसले ३० वटा भन्दा बढी कृषि प्रयोजनहरुमा सहयोग गर्दछ ।

युवोको डिजाइन नेपालमा स्टाइल, आराम तथा सहजताका नयाँ मापदण्डहरु निर्धारण गर्न गरिएको छ । यसको उच्चतम टेक्नोलोजीले नवीनतम १२ फर्वार्ड ह ३ रिभर्स् गियरबक्स्का प्रदान गर्छ जसले कृषकहरुलाई कुनैपनि प्रयोजनका लागि उपयुक्त हुने विभिन्न स्पीडहरुको छनौट गर्ने अवसर प्रदान गर्दछ । फुल कन्स्ट्यान्ट मेश गियर बक्स्का साथै एर्गाेनोमिकल्ली डिजाइन गरिएको कारजस्तो साइड–सिफ्ट गियर सिस्टमले ड्राइभिङ्ग अनुभव आरामदायी र सहज बनाएको छ । युवोको प्लानेटरी रिडक्सनले यसलाई एकदमै मजबुत ट्याक्टर बनाएको छ। सरल पहुच तथा न्यूनतम एफर्टका लागि डिजाइन गरिएको अपरेटर प्लाटफर्म तथा डिलक्स सिट, लिभर र पेडल्स्ले लामो समयसम्मको थकान–रहित कार्य गर्न कृषकहरुलाई विशेष सहयोग पुर्याउनेछ ।”

महिन्द्रा ग्रुपको बारेमा
महिन्द्रा ग्रुप हरेक व्यक्तिको जीवनमा प्रगति ल्याउनका निम्ति मोबिलिटि प्रदान गर्ने, ग्रामीण विकासलाई अघि बढाउने, आधुनिक जीवनशैली तर्पm लैजाने तथा संस्थागत कार्यकुशलता बढाउने समाधानहरु प्रदान गर्न केन्द्रित छ । भारतको मुम्बईमा आधारित अमेरिकी डलर १७.८ अर्ब बराबरको मल्टीनेशनल ग्रुप महिन्द्रा, १०० वटा भन्दा बढी देशहरुमा कार्यान्रत छ भने आर्थिक विकासलाई अघि बढाउने प्रमुख क्षेत्रहरु जस्तै ट्रयाक्टर, युटिलिटी भेहिकल्स्, सूचना प्रविधि, वित्तीय सेवाहरु तथा भ्याकेशन ओनरशीपमा पजि अग्रणी भूमिका पनि निभाउँदै आएको छ । यससँगै महिन्द्राले कृषि व्यवसाय, एयरोस्पेश, कम्पोनेन्ट्स, कन्सल्टिङ्ग सेवा, डिफेन्स्, उर्जा, अद्यौगिक उपकरणहरु, लजिस्टिक्स्, रियल इस्टेट, रिटेल, स्टील, कमर्शियल भेहिकल तथा टू–व्हीलर इण्डष्ट्रिज जस्ता क्षेत्रहरुमा पनि आफ्नो मजबुत उपस्थिति बनाइसकेको छ ।

सन् २०१४ मा महिन्द्रा “फोब्र्स् ग्लोबल २०००” ले आय, नाफा, एसेट्स् तथा मार्केट भ्यालुएसनका आधारमा निकालेको विश्वका सबैभन्दा ठूला पब्लिक कम्पनीहरुको सूचीमा समेत समावेश गरिएको थियो । ग्रुपले सन् २०१३ मा “फाइनान्सियल टाइम्स्” को तर्पmबाट “इमर्जीङ् मार्केट” क्याटेगोरीमा “बोल्ड्नेस इन बिजनेस” अवार्ड पनि पाएको थियो ।


 

More form the Internet

loading...