Suvadin, Home
Nepal Life Insurance Ltd.

धूमधाम मनाइयो पृथ्वी जयन्ती

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी बुधबार देशैभर मनाइएको छ। बुधबार बिहान विभिन्न संघ संस्था र राजनीतिक दलका नेताहरुले सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाएका हुन्।
सिंहदरबारमा अायोजित कार्यक्रममा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा। तस्बिर : रासस

काठमाडाैं, पुस २७


राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी बुधबार देशैभर मनाइएको छ।

बुधबार बिहान विभिन्न संघ संस्था र राजनीतिक दलका नेताहरुले सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाएका हुन्।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा लगायतका वक्ताहरुले आधुनिक नेपालको निर्माणमा शाहवंशीय राजा पृथ्वीनारायण शाहको योगदानको चर्चा गरेका थिए।

कार्यक्रमका सहभागीले पृथ्वी जयन्तीको दिनलाई सार्वजनिक विदा नदिएको भन्दै सरकारको आलोचना समेत गरेका थिए।

कार्यक्रममा २ सय ९५ औं राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति, राष्ट्रिय एकता मञ्च, शिव सेना नेपाल, हिन्दु राष्ट्र जागरण अभियान नेपाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थिति थिए।

 

More form the Internet

loading...