Suvadin, Home

प्रियंका चोपडाले नेपाली फिल्म निर्माण गर्ने

प्रियंका चोपडा।

काठमाडौं, पुस १६


हलिउड तथा बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपालीभाषी सिक्किमेली फिल्म निर्माण गर्ने भएकी छन्। प्रियंका चोपडाले नेपाली कलाकार र प्राविधिकहरू खोजीकार्य सुरू गर्दैछिन्। पर्पल पिबल प्रोडक्सन ब्यानरबाट निर्माण हुन लागेको सिक्किमेली नेपाली फिल्मको लागि अभिनेत्री चोपडाले स्थानीय कलाकार र प्राविधिकको खोजीमा जुट्न लागेकी हुन्।

अभिनेत्री चोपडाले सार्क र क्षेत्रीय फिल्महरू निर्माण गर्न सन् २०१५ मा पर्पल पिबल प्रोडक्सनको स्थापना गरेकी हुन्। अभिनेत्री चोपडा र उनकी आमा मधु चोपडा फिल्मको कथावस्तु सुहाउँदा कलाकार र प्राविधिकको खोजी कार्य नेपाल र सिक्किममा गर्दैछिन्। फिल्मको नाम पउवा राखिएको छ जसको अर्थ हो - पाहुना। 

क्वान्टीको नामक टिभी सिरिजबाट हलिउडमा चर्चित  भएकी प्रियंका चोपडाले हलिउड फिल्म ‘बे वाच¦मा हलिउड अभिनेता डवेन जोनसन र ज्याक एफरनसँग देखिने भएकी छन्। फिल्म ‘बे वाच’ मे १९,२०१७ मा प्रदर्शनमा आउने छ।
 


 

More form the Internet

loading...