Suvadin, Home

समातियो चोरीको गिरोह

भक्तपुर, पुस ६ (शुभदिन)
उपत्यकामा संगठित रुपमै चोरी डकैतीमा सक्रिय गिरोहका एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न भएको अभियोगमा भक्तपुर सल्लाघारी बस्ने ३१ वर्षीय अर्जुनबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

दोलखा सैलुङ्गेश्वरी स्थायी घर भएका श्रेष्ठले प्रयोग गरेको बा.४६ प. ७७९१ नम्बरको मोटरसाइकल पनि प्रहरी बरामद गरेको छ । सूर्यविनायक नगरपालिका–१२ चित्तपोल शिववस्ती बस्ने भगवान खत्रीको घरमा मंगलबार चोरी भएको थियो । 

कोही नभएको बेला अभियुक्त श्रेष्ठसहित ३ जनाले मुल ढोकाको ताल्चा तोडेर नगद १० हजार रुपैयाँ, सुनका विभिन्न गरगहना गरी करीव २ लाख ४७ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले बताएको छ । फरार रहेका दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 


 

More form the Internet

loading...