Suvadin, Home

कार्कीको बहसको सुनुवाइ‘हेर्दा हेदै’ पुस २१ सम्मका लागि सर्यो 


शुभदिन संवाददाता 
काठमाडौँ पुस ८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान कार्की विरुद्ध  सर्वाेच्च अदालतमा परेको योग्यता सम्वन्धी रीटको सुनुवाइमा कार्की पक्षका वकिलहरुले बहस गरेका छन् । शुक्रवार कार्कीका तर्फबाट बालकृष्ण न्यौपाने, माधवकुमार बस्नेतले बहस गरेका हुन् । रिटको न्यायाधीशहरु आनन्द मोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा बिहीवारदेखि बहस सुरु भएको हो । रिट निवेदकका तर्फबाट बिहीवार  अधिवक्ताहरू ओमप्रकास अर्याल, सुरेन्द्र भणडारी, डा. चन्द्रकान्त ज्ञवाली लगायत एक दर्जनले बहस गरेका थिए ।
कार्की पक्षका वकिलहरुले बहस जारी राख्ने गरि बहसको सुनुवाइ ‘हेर्दा हेदै’ २१ गतेका लागि सारिएको हो । कार्की पक्षका वकिलहरुको बहस सकिएर पछि रिट निवदेकहरुको तर्फबाट जवाफी बहस सुरु हुने छ । 
गत कार्तिक ५ मा अधिवक्ता ओमप्रकास अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्तीका लागि योग्यता नपुग्ने भन्दै कार्की विरुद्ध रिट दायर गरेका थिए ।


 

More form the Internet

loading...