Suvadin, Home

देशभर हल्का वर्षा र हिमपात, भोलिसम्म पानी पर्ने 

काठमाडौंलगायत देशका विभिन्न भागमा अहिले सामान्य वर्षा भइरहेको छ। जाडो यामसँगै पश्चिमी वायुको प्रभावका कारण हरेक वर्ष हिउँदे वर्षा हुने मौसमी चक्रअनुसार अहिले देशभर वर्षा र हिमपात भएको हो।

काठमाडौं, पुस १७ 


काठमाडौंलगायत देशका विभिन्न भागमा अहिले सामान्य वर्षा भइरहेको छ। जाडो यामसँगै पश्चिमी वायुको प्रभावका कारण हरेक वर्ष हिउँदे वर्षा हुने मौसमी चक्रअनुसार अहिले देशभर वर्षा र हिमपात भएको हो।

जल तथा मौसम विभागका मौसमविद राजु प्रधानाङ्गका अनुसार जाडो सुरू भएसँगै सुदूरपश्चिमका केही ठाउँमा हिमपात भए पनि देशभर वर्षा भएको थिएन। ‘पश्चिमबाट आएको वायुको प्रभावले गर्दा काठमाडौंसँगै देशका धेरै ठाउँमा पानी परेको हो,’ उनले भने।

देशभर मौसम बदलिए पनि हल्का मात्रै पानी पर्ने प्रधानाङ्गले बताए। पानी परेकाले जाडो पनि बढेको छ। काठमाडौंको अधिकतम् तापक्रम अहिले ५ दशमलव ४ डिग्री सेल्सियस छ।  पश्चिमी वायु पूर्वतर्फ जाने क्रममा रहेकाले भोलिबाट काठमाडौंमा मौसम बदली भए पनि पानी नपर्ने जल तथा मौसम विभागले जनाएको छ।

पहाडी भेगमा भने भोलि पनि हल्का पानी पर्ने र केही भागमा हिमपात हुने प्रधानाङ्गले बताए। भोलिबाट मौसम विस्तारै सफा हुने र घाम लाग्ने मौसम विभागको पूर्वाअनुमान छ। नेपालमा बर्खायाममा बंगालको खाडीबाट आउने वायु प्रभावले र हिउँदमा पश्चिमी वायुको प्रभावले पानी पार्दछ। पुस महिनालाई अति जाडो महिना मानिँदै आए पनि विगत दुईवर्षयता न्यूनतम तापक्रममा ५ डिग्री सेल्सियस भएकाले जाडोको महसुस कम भएको मौसमविद प्रधानाङ्गले बताए। ‘जलवायु परिर्वतनका कारण पनि तापक्रम बढेको हुन सक्छ,’ उनले भने।


 


 

More form the Internet

loading...