Suvadin, Home

नेपाली चलचित्र व्यावसायिकतातर्फ उन्मुख छ : राजकुमार रार्इ

युट्युबमा छोटा फिल्महरूले पछिल्लाे पटक मनाेरञ्जन व्यवसाय निकै फस्टाएकाे छ। एकातिर छाेटा फिल्मले व्यवसाय प्रवर्द्धनमा विकास पुर्याए पनि एक जमात यस्ताे पनि छ, जसले छाेटा फिल्मका नाममा अश्लीलता फैलाइरहेकाे छ। यसलार्इ हामीले नियमन गर्न लागेका हाैं। नेपाल चलचित्र विकास बोर्डले लामाे तयारीपछि छाेटाे फिल्ममा नियमन गर्ने नयाँ नियम लागू गर्ने भएकाे छ। जसले अश्लीलता फैलाउने तथा सामाजिक कुसंगति फैलाउने कार्यलार्इ राेक्न मदत पुर्याउने विश्वास मैले लिएकाे छु।
राजकुमार रार्इ।

काठमाडाैं,पुस २६


नेपाली चलचित्र क्षेत्रले पछिल्लो समय गुणात्मक फड्को मारिरहेको छ। लुट, छक्कापञ्जा, कब्बडी, कालो पोथी, पशुपति प्रसाद, जात्रालगायतका फिल्म हिट भए। फिल्मको गुणात्मक विकासले कलाकारलाई बाँच्न सहज भएको छ। आर्थिक रुपमा पनि कलाकार अब्बल हुँदै गएका छन्।

तर, फिल्मको नियामक निकाय चलचित्र विकास बोर्ड चाहिँ कामभन्दा कुरा मात्रै गर्ने थलोको रुपमा चिनारी बनाएको छ। तर, बोर्डका वर्तमान अध्यक्ष राजकुमार राईले चलचित्र विकास बोर्डमाथि लागेको ‘भेला हुने र गफ गर्ने थलो’को पहिचान मेटाउने बताएका छन्। चलचित्रको स्तरीकरण, विकास र बजार विस्तारसम्ममा आफू दत्तचित्त भएर लाग्ने बताएका छन्। अध्यक्ष राईसँग नेपाली फिल्मलाई अझै गुणस्तरीय बनाउन बोर्डले गर्ने काम तथा बोर्डको रणनीतिक कार्यक्रम तथा विविध विषयमा शुभदिनकी विनिता उप्रेतीले गरेको कुराकानीः

 

नेपाल चलचित्र विकास बाेर्डका मुख्य भूमिकाहरू के के हुन् ?

नेपाल सरकारकाे चलचित्र क्षेत्रको नीति निर्माण गर्ने अाधिकारिक संस्था नेपाल चलचित्र विकास बोर्ड हाे। यसले मुख्य तीन क्षेत्रमा अाफ्नाे भूमिका निर्वाह गर्दछ। पहिलो निर्माण, दाेस्राे वितरण र अर्काे प्रदर्शन। निर्माताले कस्तो सिनेमा बनाइराखेको छ, निर्माण गरेको सिनेमालार्इ बजार विस्तारका लागि कस्तो नीति ल्याउँछ, वितरण पक्षले कुन-कुन सिनेमा घरमा तथा कुन कुन देशमा सिनेमा प्रदर्शन हुँदैछ। अन्तर्राष्ट्रियस्तरमा सिनेमा पुर्याएकाे छ र तेस्रो कुरा सिनेमा घरले कसरी प्रदर्शन गरिरहेको छ, सिनेमा घरको मापदण्ड के हो,यस्तो कुराहरूलार्इ टेकेर चलचित्र विकास बोर्डले आफनो भूमिका निर्वाह गर्दछ।

आफ्नो कार्यकालमा के-के योजना ल्याउनु भएको छ?

मेराे कार्यकालमा चलचित्र विकास सम्बन्धी थुप्रै कामहरू अघि बढेका छन्। तीमध्ये मुख्य रूपमा भन्नुपर्दा हामीले हाल चलचित्र निर्माण गर्दाको निश्चित मापदण्ड बनाएका छाैं। त्यस सँगसँगै अर्काे महत्वपूर्ण कार्य भनेकाे युट्युबमा हाल बढी प्रचलनमा रहेकाे छाेटा फिल्महरूलार्इ नियमन गर्ने पनि हाे। हामीले छोटा फिल्महरू निर्माण गर्दा त्यसकाे पनि स्वीकृति लिनुपर्ने व्यवस्था लागू गर्दैछाैं। यसले छाेटा फिल्ममा देखिएका विकृतिहरू हटाउन मद्दत पुर्याउनेमा हामी अाशावादी छाैं। हामीले पहिलाेपटक नेपाली फिल्मको इतिहास समेटिने गरी बेवसाइट निर्माणकाे कार्य अघि बढाउने साेच बनाएका छाैं। यसले नेपाली फिल्म सम्बन्धी जानकारी लिन चाहने जाेसुकैलार्इ पनि सहज बनाउने विश्वास छ। नेपाली चलचित्रकाे नीति कार्यान्वयनमा पनि हामी जाेड दिएका छाैं।

छाेटा फिल्मले निम्त्याएको समस्या के हो? 

युट्युबमा छोटा फिल्महरूले पछिल्लाे पटक मनाेरञ्जन व्यवसाय निकै फस्टाएकाे छ। एकातिर छाेटा फिल्मले व्यवसाय प्रवर्द्धनमा विकास पुर्याए पनि एक जमात यस्ताे पनि छ, जसले छाेटा फिल्मका नाममा अश्लीलता फैलाइरहेकाे छ। यसलार्इ हामीले नियमन गर्न लागेका हाैं। नेपाल चलचित्र विकास बोर्डले लामाे तयारीपछि छाेटाे फिल्ममा नियमन गर्ने नयाँ नियम लागू गर्ने भएकाे छ। जसले अश्लीलता फैलाउने तथा सामाजिक कुसंगति फैलाउने कार्यलार्इ राेक्न मदत पुर्याउने विश्वास मैले लिएकाे छु। पछिल्लो समय युट्युबमा विकृति, विसंगति फैलाउने खालका धेरै भिडियो अपलोड भएका छन्। यसअघि त्यस्ता भिडियाे अपलोड गर्न कुनै प्रक्रिया नियम थिएन। तर, अब भने छोटो फिल्म गर्न पनि नेपाल चलचित्र विकास बोर्डबाट स्वीकृति लिनुपर्नेछ।

एउटा फिल्मकाे नाम अर्काेसँग नजुधाउने प्रावधान किन लागू हुन सकिरहेकाे छैन?

याे विषयमा पटक-पटक विभिन्न विवाद हुँदै अाएका छन्। कानुनी हिसाबले दस वर्षपछि एउटा फिल्मकाे नाम अर्काेले राख्न पाउने प्रावधान छ। नेपालकाे सन्दर्भमा भन्नुपर्दा मेराे हजुर र ए मेराे हजुरले एउटै नाम जुधाएर याे विवाद भित्र्याएका थिए। त्यस्तै, पछिल्लाे समयमा प्रर्शुराम र जय प्रर्शुराम पनि नामकै कारण ठूलै लफडा भयाे। यसाे गर्दा फिल्मकाे व्पापारमा समेत असर परिरहेकाे हुन्छ। मेराे विचारमा नाम जुधाएर विवाद ल्याइनु हुँदैन । फिल्मकाे नामसँगै उसकाे इतिहास, लगानी अनि विविध पक्षहरू पनि जाेडिएका हुन्छन्।

फिल्म क्षेत्रमा प्रवेश गर्नुअघि अभिनय शिक्षा कतिकाे अावश्यक छ?

अावश्यक छ। नेपाली फिल्मले विदेशमा बजार लिँदैछ अहिले। अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा हुँदा सैद्धान्तिक ज्ञान हुन अावश्यक छ। विदेशमा गएर हामी नेपाली बाेल्न मिल्दैन, अंग्रजी भाषाकाे ज्ञान हुन अावश्यक छ। २५ प्रतिशत व्यावहारिक ज्ञान चाहिन्छ भने ७५  प्रतिशत  सैद्धान्तिक ज्ञानकाे अावश्यकता छ।

निमार्ता हुने मापदण्ड के-के छन्?

फिल्म निर्माण गर्न अघि फिल्म क्षेत्रकाे ज्ञान हुन अावश्यक छ त्यसका लागि फिल्म क्षेत्रमा दस वर्षकाे अनुभव अथवा सह-निमार्ता भएर काम गरेकाे हुनुपर्छ।

 

More form the Internet

loading...