Suvadin, Home

छवि-शिल्पाको बिहे ‘अनिश्चित’ 

नयाँ फिल्म मंगलमको तयारीमा जुटेका निर्माता छविराज ओझा यतिबेला फिल्मले भन्दा पनि नायिका शिल्पा पोखरेलसँगको सम्बन्धका कारण बढी चर्चामा छन्। फिल्मी क्षेत्रमा छवि र शिल्पालाई ‘प्रेम–जोडी’ भन्ने गरिएको छ। 

विनिता उप्रेतीकाठमाडौं, पुस १०


फिल्म किस्मत–२ पछि निर्माता छविराज ओझा नयाँ फिल्मको तयारीमा लागेका छन्। गएको दसैंमा प्रदर्शनमा आएको फिल्म किस्मत–२ धेरै दर्शकको मन जित्न सफल भएको भन्दै उनी अर्काे फिल्ममा लोका हुन्।

नयाँ फिल्म मंगलमको तयारीमा जुटेका निर्माता छविराज ओझा यतिबेला फिल्मले भन्दा पनि नायिका शिल्पा पोखरेलसँगको सम्बन्धका कारण बढी चर्चामा छन्। फिल्मी क्षेत्रमा छवि र शिल्पालाई ‘प्रेम–जोडी’ भन्ने गरिएको छ। 

तर, यो ‘प्रेम–जोडी’ कहिले लगनगाँठोमा बाँधिन्छन् यो भन्ने विषय चाहिँ आम चासो बनेको छ। 

कुनै समय यस्तो थियो, अभिनेत्री रेखा थापाबिना ओझाको फिल्म नै बन्दैनथ्यो। रेखा थापाले पछि छविसँग बिहे गरिन्। 

थापासँग सम्बन्धविच्छेद भएपछि छविले प्रायः हरेक फिल्ममा शिल्पालाई नायिका बनाएका छन्। छविले निर्माण गर्न लागेको मंगलम फिल्म गरी पाँच वटामा शिल्पाको अभिनय छ।    

गत दसैंको टिकाको दिन नै बिहे गर्ने योजना रहेको बताए पनि यी जोडीले लगनगाँठोको मिति सारिरहनुलाई आश्चर्य मानिँदै आएको छ। ‘दुई परिवारबीच सहकार्य भइरहेको छ र बिहे आउँदो वर्ष गर्ने योजनामा छौं,’ ओझा भन्छन्, ‘फिल्मका लागि मात्र बिहेको हल्ला भन्ने कुरा शतप्रतिशत झुठो हो।’ 

बिहे कहिले हुन्छ? भनेर सोध्दा निर्माता ओझाले अर्को वर्ष हुने दाबी गरे। 

गत दसैंको टिकाको दिन नै बिहे गर्ने योजना रहेको बताए पनि यी जोडीले लगनगाँठोको मिति सारिरहनुलाई आश्चर्य मानिँदै आएको छ।

‘दुई परिवारबीच सहकार्य भइरहेको छ र बिहे आउँदो वर्ष गर्ने योजनामा छौं,’ ओझा भन्छन्, ‘फिल्मका लागि मात्र बिहेको हल्ला भन्ने कुरा शतप्रतिशत झुठो हो।’ 

यो जोडीले सम्बन्धलाई नयाँ नाम दिन लागेको बताए पनि अहिलेसम्म बिहेको मिति टुङ्गो नलागेको बताउँछन्। त्यसैले पनि उनीहरूको बिहे हुने कुरालाई ‘शंका’पूर्वक हेरिने गरिएको छ। 

‘शंका नगर्दा हुन्छ, यसपालि ज्योतिषीले ग्रह नमिल्ने बताएकाले अर्को वर्ष बिहे सारेका हौं,’ ओझाले भने। 

फिल्म मगंलममा शिल्पासहित सह–निर्मात्री र नायिकाको भूमिकामा छिन्। 

नायक पृथ्वीराज प्रसाईं रहेको बताउँछन् निर्माता ओझा। फिल्मको छायांकन माघको पहिलो हप्ताबाट सुरू हुनेछ। 

फिल्मको निर्देशन नवल नेपालले गर्नेछन्। फिल्म पारिवारिक र प्रेमकथामा आधारित रहेको बताउँछन् निर्देशक नेपाल। उक्त फिल्ममा त्रिकोणात्मक प्रेमकथा रहेको बताउँछन् निर्देशक नेपाल।

नायिका पोखरेलको परिवारसँग नजिक रहेका लेखक÷निर्देशक विकास रौनियारले छवि र पोखरेलको बिहेबारे दुई परिवारबीचमा कुरा भइरहेको बताएका छन्। ‘उहाँको (शिल्पा)को घरमा सबै जना तयार हुनुहुन्छ,’ रौनियारले भने। 


 

More form the Internet

loading...