Suvadin, Home
सडक जस्तो भए पनि वाग्ले पैदलयात्रा गर्नै आनन्द मान्छन्। उनी सार्वजनिक यातायातभन्दा पैदलयात्रा गरेरै आउजाउ गर्ने गर्छन्। तर, हिँड्नलाई पैदल लेन नहुँदा उनी दु:खित पनि छन्। ‘पुरानो-पुरानो बाटो खोज्दै हिँड्नुपर्छ, त्यसको ट्रयाक पनि राम्रो छैन,’ उनी भन्छन्, ‘काठमाडौंमा पैदलयात्रा गर्नु भनेको आफैंलाई अन्याय गर्नु हो।’
टेकु-त्रिपुरेश्वर सडकमा अवरोध छिचोल्दै साइकल यात्री। तस्बिर: अशोक अधिकारी/शुभदिन

काठमाडौं, पुस २९


साहित्यकार एवम् पत्रकार नारायण वाग्ले पैदल हिँडेरै कार्यालय आउने-जाने गर्छन्। नेपाली पत्रकारिताका एक धरोहर वाग्ले पैदल हिँड्न रुचाउँछन्। वि.सं. २०७२ असोज ६ गतेदेखि भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि वाग्लेले साइकल खरिद गरे।

अनि पैदलयात्रासँगै उनी साइक्लिङमा रमाउन थाले। तर, पत्रकार वाग्लेको साइकल यात्रा लामो भएन। ‘दुई–चार दिन चलाएर थन्क्याउनु पर्यो,’ वाग्लेले शुभदिनसँग भने, ‘गाडीको चाप दिनदिनै बढिरहेको छ, साइकल लेन र पैदलयात्रु हिँड्ने ठाउँ नै छैन। अहिले घर वरपरमात्रै चलाउँछु।’

सडक व्यवस्थित नहुँदा काठमाडौं उपत्यका हेरिनसक्नु भएको छ। जताजतै सवारीसाधन, धुँवा र धुलोले वातावरण प्रदूषित छ। मानव स्वास्थ्यभन्दा पनि गाडीमैत्री सडक निर्माण गर्दा यो स्थिति सिर्जना भएको वाग्लेको टिप्पणी छ।

‘सडक राम्रो छैन, ट्राफिक गञ्जागोल छ,’ वरिष्ठ पत्रकार वाग्लेले थपे, ‘महानगर पैदलमार्ग मैत्री छैन, सांस्कृतिक, पर्यावरणीय, सामाजिक र पर्यटनमैत्री हुनुपर्ने हो, तर, सडकको निर्माणको ध्येय नै गाडी चलाउनमा मात्रै भयो।’

काठमाडौं उपत्यकामा निर्माणाधीन सडकमा पनि पैदलयात्रुका लागि उपयुक्त छैनन्। विस्तारको क्रममा रहेको सडकमार्ग पनि उपयुक्त नहुनुको कारक विकासको अवधारणामा रहेको खोटलाई मान्छन् पत्रकार वाग्ले। हाम्रो मुलुकमा विकासको अवधारणामै समस्या रहेको बताउँदै वाग्लेले नीति निर्माताले अर्थ्याउने विकास के हो भन्ने विषयमै यो प्रश्न जोडिएको उल्लेख गरे।

‘विकास भनेको मानव स्वास्थ्य केन्द्रित, मानवको सामाजिक जीवन केन्द्रित हुनुपर्ने, स्वास्थ्य, समाज र पर्यावरण केन्द्रित हुनु पर्ने हो,’ वाग्लेले भने, ‘तर, यहाँ गाडी केन्द्रित विकास भएको छ, तेल उपयोग केन्द्रित र चरम व्यापारिक सोच हावी भएको छ।’ व्यापारिक सोच बदल्न सके मात्रै काठमाडौं पर्यावरण, सामाजिक जीवनमैत्री सहर बन्ने वाग्लेको विश्लेषण छ।

सडक जस्तो भए पनि वाग्ले पैदलयात्रा गर्नै आनन्द मान्छन्। उनी सार्वजनिक यातायातभन्दा पैदलयात्रा गरेरै आउजाउ गर्ने गर्छन्। तर, हिँड्नलाई पैदल लेन नहुँदा उनी दु:खित पनि छन्। ‘पुरानो-पुरानो बाटो खोज्दै हिँड्नुपर्छ, त्यसको ट्रयाक पनि राम्रो छैन,’ उनी भन्छन्, ‘काठमाडौंमा पैदलयात्रा गर्नु भनेको आफैंलाई अन्याय गर्नु हो।’

‘सडक राम्रो छैन, ट्राफिक गञ्जागोल छ,’ वरिष्ठ पत्रकार वाग्लेले थपे, ‘महानगर पैदलमार्ग मैत्री छैन, सांस्कृतिक, पर्यावरणीय, सामाजिक र पर्यटनमैत्री हुनुपर्ने हो, तर, सडकको निर्माणको ध्येय नै गाडी चलाउनमा मात्रै भयो।’

त्यसो त पत्रकार वाग्लेकै जस्तो पीडा कालिमाटीकी पवित्रा थापाको पनि छ। ‘हिँड्ने बाटो कहाँ छ र!,’ थापाले आश्चर्य मान्दै प्रतिप्रश्न गरिन्, ‘काठमाडौं सहर त गाडी हुनेको मात्रै हो जस्तो भइसक्यो, पैदल यात्रुलाई र साइकलका लागि त खोई किन हो लेन नै बनाइएको छैन।’ 

एक निजी कम्पनीमा काम गर्ने पवित्रालाई घरबाट अफिस पुग्दा कहिलेकाहीँ सडकको धुलोले पुर्ने गर्छ। ‘अहिले त अलि राम्रै छ,’ उनी भन्छिन्, ‘सडक सुधार भए पनि पैदलयात्रुका लागि उपयुक्त छैन।’ 

गोल्डेन गेट कलेजमा कक्षा १२ मा पढ्ने १७ वर्षीय अंकित भट्टराईको धारणा पनि पवित्राको जस्तै छ। उनी भन्छन्, ‘कुलेश्वरस्थित घरबाट कलेज पुग्दा धुलो र धुँवाले रुघाखोकी लाग्न थाल्छ, न त फुटपाथ छ, न त साइकल लेन नै छ, भिजनबिना निर्माण गरिएको सडकले हामीजस्ता पैदलयात्रा गर्न मन हुनेलाई भलो गर्दैन।’

काठमाडौं महानगरपालिका भित्रका ८० प्रतिशत सडकको स्थिति बेहाल रहेको भट्टराईको दाबी छ। ‘जताततै अस्तव्यस्त छ, सद्दे सडक एउटा पनि छैन,’ उनी भन्छन्, ‘असारमा बाटो बनाउन सुरु गरिन्छ, अनि काम रोकिन्छ, त्यो लथाथिङ्ग सडक अर्को असारमा मात्रै टालटुल गरिन्छ। हाम्रो देशमा विकास यस्तै छ।’
 
महानगर नै अनभिज्ञ

काठमाडौं उपत्यकामा पैदल यात्रुमैत्री र साइकल लेन भएको सडक एउटा पनि छैन। काठमाडौं महानगरपालिका कार्यालयका अनुसार उपत्यकामा रिङरोडमा बनाउने प्रस्ताव गरिए पनि अहिलेसम्म कुनै सडक साइकल चलाउने र पैदल हिँड्नेका लागि उपयुक्त छैन।

‘काठमाडौं उपत्यकामा जम्मा २० देखि २५ हजार किलोमिटर सडक छ, यकिन तथ्यांक कुनै निकायसँग पनि छैन,’ काठमाडौं महानगरपालिकाको सहरी पूर्वाधार विकास विभागका प्रमुख उत्तरकुमार रेग्मीले शुभदिनसँग भने, ‘तर, सहरलाई जीवन्त राख्न पैदल यात्रुका लागि र साइकल लेन आवश्यक पर्छ।’

प्रमुख रेग्मीले मोटरेबल ट्रयाक तीन लेनको बनाउनुभन्दा दुई लेनको बनाएर फुटपाट बढाउनु पर्ने बताए। ‘हामीले पैदल यात्रुलाई अधिकार दिनुपर्छ, केही योजना गाडी व्यवसायीलाई धनी बनाउने नियतले आएका छन्,’ उनले भने, ‘दीगो विकासको रणनीति अख्तियार गर्ने हो भने हामीले पैदल यात्रुको लेन चौडा बनाउनु पर्छ।’ 

‘काठमाडौं उपत्यकामा जम्मा २० देखि २५ हजार किलोमिटर सडक छ, यकिन तथ्यांक कुनै निकायसँग पनि छैन,’ काठमाडौं महानगरपालिकाको सहरी पूर्वाधार विकास विभागका प्रमुख उत्तरकुमार रेग्मीले शुभदिनसँग भने, ‘तर, सहरलाई जीवन्त राख्न पैदल यात्रुका लागि र साइकल लेन आवश्यक पर्छ।’

रेग्मीले सरकारसँग आफूले फुटपाथ चौडा गर्न प्रस्ताव पनि गरेको बताए। विकसित सहरमा सडकमा पैदल यात्रुका लागि अनिवार्य रुपमा लेन राखिने जनाए। काठमाडौंलाई व्यवस्थित गर्न साइकल र पैदल लेनलाई चौडा पार्नु पर्ने रेग्मीको प्रस्ताव छ।

‘म अहिले प्रधानमन्त्री कार्यालयको मिटिङबाट फर्किएको हुँ, मैले फुटपाथलाई चौडा बनाउन र पैदल यात्रुका लागि लेनको व्यवस्था गर्न ध्यानाकर्षण गराएका छु,’ उनले भने, ‘गाडी बढाएर मात्रै सहरको भलो हुँदैन, आममानिस हिँड्न सक्ने वातावरण बनाउनु पर्छ।’

रेग्मीले पैदल यात्रुका लागि लेनको व्यवस्था गरे व्यापार बढ्ने उल्लेख गर्दै पर्यावरण जोगाउनका लागि पनि यी सर्तहरु पालना गर्नु पर्ने बताए। एक दिन पैदल लेन चौडा गर्ने निर्णय हुन्छ,’ उनले भने, ‘अनि मात्रै काठमाडौं उपत्यकालाई पैदल यात्रा गरेरै हेर्न सकिने छ।’


 

More form the Internet

loading...