Suvadin, Home

साफ महिला च्याम्पियनसिप : फाइनलमा भारत र बंगलादेश भिड्दै

दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिपकाे उपाधीका लागि अाज (बुधबार) दिउँसाे डिभेन्डिंग च्याम्पियन भारत र बंगलादेश भिड्दैछन्। लगातार तीन पटककाे उपाधि जितेकाे भारतले पहिलाेपटक बंगलादेशलार्इ फाइनलकाे सहयात्रीका रूपमा पाएकाे हाे। 
फाइलन खेलअघि अभ्यास गर्दै भारतीय महिला टाेली।

काठमाडाैं, पुस २०


दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिपकाे उपाधीका लागि अाज (बुधबार) दिउँसाे डिभेन्डिंग च्याम्पियन भारत र बंगलादेश भिड्दैछन्। लगातार तीन पटककाे उपाधि जितेकाे भारतले पहिलाेपटक बंगलादेशलार्इ फाइनलकाे सहयात्रीका रूपमा पाएकाे हाे। 

यसअघिका तीन संस्करणमा नेपाल र भारतले प्रतिस्पर्धामा थिए । जारी चाैथाे संस्करणमा भने समूह चरणकाे खेलमा बंगलादेशले बराबरीमा राेकेपछि सेमिफाइनलमा भारतले नेपालसँग सामना गर्नुपर्याे। सेमिफाइनलमा नेपाललार्इ ३-१ गाेल अन्तरल पराजित गर्दै भारतले फार्इनल यात्रा तय गरेकाे हाे। त्यस्तै, बंगलादेशले सेमीफार्इनलमा माल्दिभ्सलार्इ ६-० ले पराजित गरेकाे हाे। 

खेलअघि भएकाे पत्रकार सम्मेलनमा भारतीय प्रशिक्षक साजिद दार बंगलादेशलार्इ पराजित गर्दै चाैथाेपटक उपाधि उचाल्नेमा ढुक्क देखिए। उनले भने, 'हामी बंगलादेशलार्इ सम्मान गर्छाैं तर समूह चरणमा खेलेकाे बराबरीलार्इ सुधार्नु पनि छ।’

त्यस्तै, बंगलादेशका प्रशिक्षक गाेलम राेब्बानी चाेटानले भने, ‘समूह चरणमा भारतलार्इ गाेल रहित बराबरीमा राेक्नु हाम्राे ठूलाे जित थियाे। हामी त्यही खेलालार्इ दाेहाेर्याउन चाहन्छाैं।' भारतलार्इ फाइनलमा राेक्न अाफूहरूले प्रतिरक्षात्मक खेलमा जाेड दिने उनले बताए। 


 

More form the Internet

loading...