Suvadin, Home

सलमान खान ५१ वर्ष पुगे, जन्मदिन पार्टी जनवरीसम्म

बलिउड स्टार सलमान खान मंगलबार आफ्नो ५१ औं जन्मदिन मनाउँदैछन्। आफ्नो जन्मदिनको अवसर पारेर सलमानले आफ्नो ब्रान्ड ‘विइङ ह्यूमन’का सबै उत्पादनहरूमा ५१ प्रतिशतको भारी छुट दिएका छन्। विभिन्न सेलिब्रेटीहरूसँग सलमानले सोमबारबाट जन्मदिन मनाइरहेका छन्। यो पार्टी नयाँ वर्ष २०१७ जनवरी १ सम्म चल्ने छ। ५१ उमेर पुगे पनि सलमान अविवाहित छन्।
सलमान खान।

काठमाडौं, पुस १२ (एजेन्सी)


बलिउड स्टार सलमान खान मंगलबार आफ्नो ५१ औं जन्मदिन मनाउँदैछन्। आफ्नो जन्मदिनको अवसर पारेर सलमानले आफ्नो ब्रान्ड ‘विइङ ह्यूमन’का सबै उत्पादनहरूमा ५१ प्रतिशतको भारी छुट दिएका छन्। 

विभिन्न सेलिब्रेटीहरूसँग सलमानले सोमबारबाट जन्मदिन मनाइरहेका छन्। यो पार्टी नयाँ वर्ष २०१७ जनवरी १ सम्म चल्ने छ। ५१ उमेर पुगे पनि सलमान अविवाहित छन्।

चर्चित स्कृप्ट लेखक सलिम खान र सलमा खानका सुपुत्र सलमानको पूरा नाम अब्दुल रसिद सलिम सलमान खान हो। उनको जन्म इन्दौर मध्यप्रदेशमा भएको हो। उनका दुई भाइ अरबाज खान, सोहेल खान र दुई बहिनी अलबिरा खान अग्नोहात्री र अरपिता छन्। प्रशंसकहरू सलमानलाई ‘सल्लु’ अथवा ‘भाइजान’ भन्न रुचाउँछन्।
 
१९८८ मा ‘बिबी हो तो ऐसी’ बाट फिल्म क्षेत्र प्रवेश गरेका सलमान चर्चित भने उनको दोस्रो फिल्म ‘मेने प्यार किया’बाट भए। सलमानले ‘हम आपके हे कौन’, ‘वान्टेड’, ‘किक’, ‘बजरंगी भाइजान’, ‘सुल्तान’जस्ता हिट फिल्म दिएका छन्। प्रेम विशेष फिल्म खेल्ने सलमानले धेरै वटा फिल्ममा आफ्नो नाम ‘प्रेम’ राखेका छन्।

बलिउडका कन्ट्रोभर्सी किङ पनि भन्ने गरिन्छ सलमानलाई। मुख्यतः बलिउडका अभिनेत्रीहरूसँगको सम्बन्ध, गैरकानुनी हातहतियार राखेकोमा र हिट एण्ड रन केशका कारण उनी मिडियाको तारा भइराख्ने गरेका छन्। हाल उनको नाम रोमानियन कलाकार लुलिया भेनटरसँग जोडिएर आउने गरेको छ।

सलमान खान फिल्ममा मात्र नभएर सानो पर्दा, टेलिभिजनमा पनि देखिन्छन्। कलर्स टेलिभिजनमा रियालिटी शो ‘बिग बोस’ होस्ट गर्छन्। साथै सलमानलाई विभिन्न अवार्ड कार्यक्रम होस्ट गरिएको देखिन्छ।

सलमान च्यारेटी गर्नमा पनि पछि छैनन्। उनले धेरैलाई  व्यक्तिगत तथा विइङ ह्यूमनकमार्फत आर्थिक सहयोग गरेका छन्। २०१५मा भारतमा धेरे पैसा कमाउने कलाकारका नम्बर १ मा परेका थिए सलमान।


 

More form the Internet

loading...