Suvadin, Home
Nepal Life Insurance Ltd.

साना किसानले सेयर वितरण गर्ने

साना किसान विकास बैंक लिमिटेडले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। बैंकको बिहीबार काठमाडौंमा आयोजित १५ औं साधारण सभामा लाभांशको २५ प्रतिशत सेयर वितरण गर्ने जानकारी दिइएको हो।

काठमाडाैं, पुस २८


साना किसान विकास बैंक लिमिटेडले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। बैंकको बिहीबार काठमाडौंमा आयोजित १५ औं साधारण सभामा लाभांशको २५ प्रतिशत सेयर वितरण गर्ने जानकारी दिइएको हो।

साना किसान सहकारी संस्थाहरुलाई ऋण पुँजीको व्यवस्था गर्न २०५८ मा स्थापना गरिएको बैंकले गत आर्थिक वर्षमा मात्रै ४६ प्रतिशत खुद मुनाफा गरेको छ। बैंकले आफ्नो कूल पूँजी यो वर्ष ११ अर्व ९३ करोड पुगेको पनि जानकारी दिएको छ।

साधारण सभामा बोल्दै बैंकका अध्यक्ष खेम पाठकले लाभांससहित २५ प्रतिशत बोनस सेयर वितरण गर्न लागिएको जानकारी दिए। बैंकले धादिङ, नुवाकोट र रसुवाका १३ हजार भूकम्पपीडित परिवारलाई ५० हजारको दरले ऋणको व्यवस्था समेत गरेको छ।

बैंकमा ५ सय २० वटा साना किसान सहकारी संस्थाहरु आवद्ध रहेका छन्। साना किसान विकास बैंकले दुधजन्य पशुपालन, माछा पालनलगायतका क्षेत्रमा सहुलियत दरमा ऋण पनि उपलब्ध गराउँदै आएको छ।  

बैंकले कृषि उत्पादन, प्रशोधन र बजारीकरणका लागि आवश्यक पर्ने बीउबीजन एवम् हरेक किसानको भान्सामा साना किसानको उत्पादन पुर्याउने लक्ष्य लिएको छ।


 

 

More form the Internet

loading...