Suvadin, Home

विश्वका सबैभन्दा सुरक्षित हवार्इजहाज

सुरक्षा तथा अन्य मानकको रेटिङ गर्ने एयरलायनरेटिङ डटकमले सन् २०१६ मा विश्वका सबैभन्दा सुरक्षित एयरलाइन्सको सूची जारी गरेको छ। उक्त अनलाइन एक यस्तो सिस्टम हो। जो विश्वभरका देशबाट आँकडा लिन्छ। सरकारी अडिट र एयरलाइनको दुर्घटना रेकर्डको तथ्य पनि राख्छ। विश्वभरिका २० वटा सबैभन्दा सुरक्षित एयरलायन्सको सूची यस प्रकार रहेको छ।
विश्वको सबैभन्दा सुरक्षित क्वान्टास एयर।

काठमाडाैं, पुस २३


हवार्इजहाज विश्वको सबैभन्दा सजिलो र छिटो यातायातको साधन हो। तर, हवार्इजहाज त्यति नै खतरापूर्ण र जोखिमयुक्त पनि हुन्छ। सानो लापरबाही वा गल्तीले हजारौंको जीवन समाप्त हुनसक्छ। 

यात्राका क्रममा हामी ती एयरलाइन्सको सेवा लिन मन पराउछौँ, जुनको ट्रयाक रेकर्ड राम्रो छ। अमेरिकी एयरलायन्सदेखि स्वीट्जरल्यान्ड एयरवेजसम्म सबै हवाइजहाज आफ्नो गुणवत्ताका लागि परिचित छन्।

सुरक्षा तथा अन्य मानकको रेटिङ गर्ने एयरलायनरेटिङ डटकमले सन् २०१६ मा विश्वका सबैभन्दा सुरक्षित एयरलाइन्सको सूची जारी गरेको छ। उक्त अनलाइन एक यस्तो सिस्टम हो।

जो विश्वभरका देशबाट आँकडा लिन्छ। सरकारी अडिट र एयरलाइनको दुर्घटना रेकर्डको तथ्य पनि राख्छ। विश्वभरिका २० वटा सबैभन्दा सुरक्षित एयरलायन्सको सूची यसप्रकार रहेको छ।

१, क्वान्टास एयरलायन्स

अष्ट्रेलियाको एयरलायन्स कम्पनीलाई विश्वको सबैभन्दा सुरक्षित एयरलायन्स घोषित गरिएको छ। यो एयरलायन्स पछिल्लो तीन वर्षदेखि सबैभन्दा सुरक्षित एयरलायन्सको सूचीमा शीर्षस्थानमा छ। यो कम्पनीको कुनै विमान दुर्घटनामा परेको छैन।

२, अमेरिकी एयरलायन्स

सुरक्षाको विषयमा अमेरिकी एयरलायन्सलाई ७ अंक दिइएको छ। यो विश्वको दोस्रो ठूलो एयरलायन्स कम्पनी हो।

३, केएलएम

नेदरलान्डको एयरलायन्स कम्पनीलाई युरोपको सबैभन्दा सुरक्षित एयरलायन्स बताइएको छ। यसकी शुरुवात सन् १९१९ मा भएको थियो।

४, सिंगापुर एयरलायन्स

सिंगापुर एयरलायन्स यो सूचीमा चौंथो स्थानमा रहेको छ। गुणस्तरीय सेवाका लागि सिंगापुर एयरलायन्स परिचित छ।

५, एयर न्यूजीलान्ड

न्यूजीलान्डको यो एयरलायन्स कम्पनी सन् २०१५ मा सुरक्षा मानकमा ध्यान राखेर एयरलायन्स ‘एक्सीलेन्स अवार्ड’बाट सम्मानित भएको थियो। 

६, इवीए एयर

ताइवानको इवीए एयरले पनि सेभेन स्टार र्याङ्किङ हासिल गरेको छ।

७, भर्जिन अष्ट्रेलिया

भर्जिन अष्ट्रेलिया कम्पनीको शुरूवात सन् १९९९ भएको थियो। विश्वको २० वटा उत्कृष्ट एयरलायन्सको सूचीमा पर्ने सबैभन्दा नयाँ कम्पनी यही हो। 

८, यूनाइटेड एयरलायन्स

अमेरिकी एयरलायन्स कम्पनी यूनाइटेड र्याङकिङमा पर्ने चौंथो अमेरिकी एयरलायन्स कम्पनी हो।

९, एमिरेट्स

एमिरेट्सलाई पनि विश्वको सबैभन्दा सुरक्षित एयरलायन्स कम्पनीको रुपमा दिइएको छ। 

१०, लुफ्थान्सा

जर्मनीको कम्पनी लुफ्थान्सा लामो समयदेखि उत्कृष्ट २० को सूचीमा रहेको छ।

११, जापान एयरलायन्स

जापानको दोस्रो ठूलो एयरलायन्स कम्पनी जापान एयरलायन्स पनि सबैभन्दा सुरक्षित कम्पनीमा समावेश गरिएको छ।

१२. अल निप्पोन एयरवेज

जापानको अल निप्पोन एयरवेज पनि सुरक्षाको विषयका अब्बल साबित हुँदै आएको छ। जनधनको सुरक्षाका लागि विशेष ध्यान दिइएको छ।

१३, हवाइयन एयरलायन्स

हवाइयन एयरलाइन कम्पनीले अमेरिका–हवाई उडान भर्दै आएको छ। यो एयरलायन्सले इकोनोमिक क्लासमा सबैभन्दा राम्रो सेवा दिएको छ।

१४, इत्तेहाद एयरवेज

संयुक्त अरब इमिरेट्सको इत्तेहाद एयरवेज पनि सेवाको विषयमा विश्वविख्यात छ। सुरक्षाका विषयमा पनि कम्पनीले उल्लेख्य ध्यान दिँदै आएको छ।

१५, भर्जिन एटलान्टिक

सुरक्षा र यात्रुको सन्तुष्टि भर्जिन एटलान्टिकका एउटैमात्र ध्येय हो। यो ब्रिटिश एयरलायन्स कम्पनी हो।

१६, अलास्का एयरलायन्स

सिएटलस्थित अलास्का एयरलायन्स सुरक्षासँगै विमानमै वाइफाई सुविधाका लागि पनि परिचित छ।

१७, क्याथ प्याशिफिक एयरवेज

क्याथ प्याशिफिक एयरवेज सन् २०१४ मा स्काइट्रयाक्सका लागि बेस्ट एयरलायन्स अवार्ड दिइएको थियो।

१८, फिनएयर

यो एयरलाइन्स कम्पनी फिनल्यान्डबाट अपरेट हुन्छ। यसको पनि सुरक्षा रेकर्ड उत्कृष्ट छ।

१९, स्क्याडिभियन एयरलायन्स सिस्टम

स्वीडेनको यो कम्पनीका जहाजमा सुरक्षित मानिन्छ। निर्धारित समयमा प्रस्थान गर्ने र समयमै पुग्नु नै यसकाे ख्यातीकाे मानक हाे।

२०, स्वीस एयरलायन्स

स्वीट्जरल्याण्डको यो कम्पनी सुरक्षाका लागि अब्बल रहेको दाबी गरिएको छ। सुरक्षाकाे सम्पूर्ण प्रबन्ध यसमा गरिएकाे छ। त्यसैले यो एयरलायन्स उत्कृष्ट २० को सूचीमा पर्न सफल भएको हो। (एजेन्सीको सहयोगमा)


 

More form the Internet

loading...