Suvadin, Home

भृकुटीमण्डपमा क्यान इन्फोटेक जारी

चार दिनदेखि काठमाडौंको भृकुटीमण्डपमा सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक २०१७’को प्रदर्शनी भइरहेको छ। कम्प्युटर एसोसिएसन नेपाल (क्यान) को आयोजनामा भएको मेलामा  विभिन्न कम्पनीका नयाँ उत्पादन, सेवा र उपभोक्ता योजनाहरु सार्वजनिक गरिएका छन्। यो क्यानको २३ औं संस्करणको प्रदर्शनी हो।

काठमाडौं, माघ १७

बिहीबारदेखि सुरू भएको प्रदर्शनीमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूका २ सय २२ स्टल रहेका छन्। प्रदर्शनीमा कम्प्युटर हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एसोसरिज, डिलर डिस्ट्रिव्युसन र इन्टरनेट सेवा प्रदायकहरूले उपभोक्तालाई मेलाको अवसरमा छुटसमेत दिएका छन्।

मेलामा डिजिटल टिभी, उच्च क्षमता भएका इन्टरनेट सेवा प्रदायक र सामसुङलगायत विभिन्न कम्पनीका सुविधासम्पन्न आधुनिक मोबाइल सेटहरू मुख्य आकर्षणको केन्द्र रहेको छ। मेलामा अवलोकन गर्नेहरूले नेपालमा भित्रिएका विभिन्न नयाँ प्रविधि र इलेक्ट्रोनिक्स सामानहरू सस्तो मुल्यमा खरिद गर्न पाएको बताएका छन्। उनीहरूले मेलाको अवसरमा सस्तो मूल्यमा आधुनिक र गुणस्तरिय सामाग्रीहरू पाएको बताएका छन्।

शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा भएकाले लगभग चार लाख अवलोकनकर्ताले प्रत्यक्ष सहभागिता जनाएको आयोजकले जनाएको छ। २३ औं संस्करणको प्रदर्शनीमा सुविसु र सामसुङ, मर्कनटाइल र नेपाल टेलिकमलगायतका कम्पनी मुख्य प्रायोजक रहेका छन्। मेला यही माघ १८ गतेसम्म चल्नेछ।

More form the Internet

loading...