Suvadin, Home

फेसबुकले यसरी गरायो मिलन 

पाँच महिनादेखि हराएका रोल्पा जिल्ला पाङ गाविस– ५ निवासी दीपक विष्टलाई आफन्तले वनजङ्गल र सबैतिर खोजे, रेडियो पत्रपत्रिकामा सूचना दिए, तर परिवारले उनलाई कही कतै फेला पार्न सकेनन। उनी कात्तिक ४ देखि घरबाट बेपत्ता थिए। 

अर्घाखाँची, चैत ३ - पाँच महिनादेखि हराएका रोल्पा जिल्ला पाङ गाविस– ५ निवासी दीपक विष्टलाई आफन्तले वनजङ्गल र सबैतिर खोजे, रेडियो पत्रपत्रिकामा सूचना दिए, तर परिवारले उनलाई कही कतै फेला पार्न सकेनन। उनी कात्तिक ४ देखि घरबाट बेपत्ता थिए। 

‘अब जिउँदो छैन होला’ भनेर हिन्दु संस्कार अनुसार काजकिरिया गर्नसमेत योजना बनाएको बेला उनको फेसबुकमा फोटो देखियो। घुम्दै फिर्दै सन्धिखर्कमा आएका विष्टको फोटो फेसबुकमा राखे अर्घाखाँचीका समाजसेवी सहयोगी बिसीले । 

‘मैले फेसबुकमा पोस्ट गरेको फोटो देखेपछि आफन्तलाई लाग्यो, दीपक अझै जिउँदै रहेछ। परिवारले खुसी हुँदै मसँग फोन सम्पर्क गरे,’ समाजसेवी सहयोगी बिसीले भने। 

दीपक अर्घाखाँचीमा आफूसँग सुरक्षित छन् भन्ने खबर बिसीले दिएपछि त्यही आधारमा बुबा रामबहादुर विष्ट र भाइ टकबहादुर विष्ट सन्धिखर्कमा लिन आए। ‘जतिबेला उनीहरू तीन जनाको भेट भयो। लामो समय पछिको त्यो भेट त रुवाबासीमा परिणत भयो,’ उनले भने।

‘दुई छोरी र एक छोराका पिता दीपक जो बोल्दै नबोल्ने, केही नभन्ने , बुबासँग भेट हुँदा खुट्टामा ढोग गर्दा र भाइलाई मुसारेर आशीर्वाद दिँदा खुसीको सीमा रहेन,’ बिसीले बताए । 

झन्डै १० वर्ष अघि इराकमा वैदेशिक रोजगारीमा जान ठिक्क परेका बेला १२ नेपालीको हत्यापछि विदेश जान नपाउँदा र भिसा लागेको पैसा फिर्ता नपाएपछि दीपकले मानसिक सन्तुलन गुमाएका थिए । 

उनलाई सन्धिखर्कबाटै काठमाडौंस्थित कोसिस संस्थामा उपचारका निम्ति पठाइएको छ। एउटा बेवारिसे व्यक्तिलाई परिवारमा सम्पर्क गराउँने सहयोगी बिसी पनि अहिले सारै खुसी छन्। रासस 


 

More form the Internet

loading...