Suvadin, Home

को हुन् ‘पवनपुत्र हेलिकप्टर’ बनाउने चन्द्र शर्मा ?

नेपालीले विश्वका धेरै मुलुकमा हंगामा मच्चाएका छन्। अमेरिकामा अध्ययनरत लुजेन्द्र ओझा हुन् वा अष्ट्रेलियामा कार्यरत डा. राजु अधिकारी। जहाँ पुगेर पनि नेपालीले आफ्नो शान र राष्ट्रको स्वाभिमान अझै उच्च बनाएका छन्। यदि दृढ संकल्प इच्छाशक्ति छ भने मानिस सानो मेहनतले ठूलो सफलता हासिल गर्न सक्छ।
अाफूले बनाएको हेलिकप्टरअगाडि शर्मा।

राजु भण्डारी

गुवाहटी (आसाम), पुस १५


नेपालीले विश्वका धेरै मुलुकमा हंगामा मच्चाएका छन्। अमेरिकामा अध्ययनरत लुजेन्द्र ओझा हुन् वा अष्ट्रेलियामा कार्यरत डा. राजु अधिकारी।

जहाँ पुगेर पनि नेपालीले आफ्नो शान र राष्ट्रको स्वाभिमान अझै उच्च बनाएका छन्। यदि दृढ संकल्प इच्छाशक्ति छ भने मानिस सानो मेहनतले ठूलो सफलता हासिल गर्न सक्छ।

भारतको आसामस्थित धेमाजी जिल्लामा रहँदै आएका नेपालीभाषी चन्द्र शर्मा पनि त्यस्तै एक प्रतिनिधि हुन्, जसले व्यक्तिगत प्रयासमै हेलिकप्टर निर्माण गरेका छन्।

हेलिकप्टरको नाम ‘पवनपुत्र’ राखेका छन्। ‘दुई जना बस्न सक्ने हेलिकप्टर ५० किलोमिटर प्रतिघण्टाका दरले उडान भर्न सक्छ,’ शर्माले शुभदिनसँग भने।

उनका दुई वटी श्रीमती छन्। उनी भन्छन्, ‘दुई वटै श्रीमतीको साथ पाएको छु, त्यसैले आफ्नो लक्ष्य प्राप्तिमा सहज भएको हो।’


 

More form the Internet

loading...