Suvadin, Home
Nepal Life Insurance Ltd.

सरकारले गर्ने सबै खरिद अब अनलाइनमा हेर्न पाइने

रमेश लेखक।

काठमाडौं, पुस १७ (शुभदिन)


सरकारले विद्युतीय खरिद प्रणाली इजिपी सञ्चालनमा ल्याएको छ। आइतबार सरकारले सार्वजनिक खरिद प्रणालीलाई अनलाइन सेवामार्फत् सुरू गर्ने घोषणा गरेको हो।

काठमाडाैंमा आइतबार एक कार्यक्रम गरी सरकारका सम्पूर्ण खरिद प्रणालीलाई अनलाईन सेवा डब्लू डब्लू डब्लू डट बोलपत्र डट जिओभी डट एनपीमार्फत हेर्न सकिने व्यवस्था गरिएको हो।

सो सेवाको शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले विद्युतीय खरिद प्रणालीको सञ्चालनबाट सुशासन कायम हुने विश्वास व्यक्त गरे।

उनले ठेक्कापट्टाको कामलाई सहज, सरल र व्यवस्थित बताउन पनि विद्युतीय खरिद सेवा प्रणाली महत्वपूर्ण कदम हुने उल्लेख गरे। मन्त्री लेखकले सरकारले सुशासनलाई प्राथमिकता दिइरहेका बेला त्यसलाई उचित व्यवस्थापन गर्ने विद्युतीय सेवा सञ्चालनमा आउनु सुःखद पक्ष भएको पनि स्पष्ट पारे।

विद्युतीय खरिद प्रणालीमा सरकारका सार्वजनिक खरिदका सबै सूचनाहरु उल्लेख हुनेछन्। विद्युतीय खरिद प्रणाली विश्व बैंक र एसियाली विकास बैंकको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको हो। विश्व बैंकले आर्थिक सुशासन कायम गर्न नेपाललाई दबाब दिँदै आएको छ।

 

 

More form the Internet

loading...