Suvadin, Home
नेपाल र स्थानीयवासीको संयुक्त प्रयासमा झण्डै एक करोड रुपैयाँ लागतमा निर्मित इन्द्रावति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा महिला कक्ष, बाल कक्ष, सूचना प्रविधि कक्ष, पुस्तकालय कक्ष, श्रव्य–दृश्य कक्ष, तालिम घर युवा कक्ष लगायत विभिन्न दर्जन बढी विधा समावेश गरिएको छ।
पुस्तकालय।

सिन्धुपाल्चोक, पुस २९


सिन्धुपाल्चोकको भोटसिपामा अत्याधुनिक निक सूचना प्रविधिसहितको सामुदायिक पुस्तकालय सञ्चालनमा आएको छ।

नेपाल र स्थानीयवासीको संयुक्त प्रयासमा झण्डै एक करोड रुपैयाँ लागतमा निर्मित इन्द्रावति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा महिला कक्ष, बाल कक्ष, सूचना प्रविधि कक्ष, पुस्तकालय कक्ष, श्रव्य–दृश्य कक्ष, तालिम घर युवा कक्ष लगायत विभिन्न दर्जन बढी विधा समावेश गरिएको छ।

१० आना क्षेत्रफलमा बनाइएको सो पुस्तकालय तथा स्रोत केन्द्रको १३ कोठे भवनको विशेष समारोहकाबीच नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले उद्घाटन गरे। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सापकोटाले विभिन्न प्राकृतिक विपतिको चपेटामा परेर पनि स्थानीयमा जीवन संघर्षका लागि उत्तिकै साहस र हिम्मत रहेको भन्दै प्रशंसा गरे।

उनले शिक्षाले नै चेतनाको विकास गर्ने र चेतना विकास भएमात्रै सम्मुन्नत विकास हुने भन्दै चेतना जागृत गराउने सवालमा पुस्तकालय कोशेढुंगा सावित हुने बताए। नेकपा माओवादी केन्द्र पुस्तकालय तथा स्रोत केन्द्रका सल्लाहाकार तथा प्रेस काउन्सिल नेपालका सदस्य सुदर्शन आचार्यले शैक्षिक क्षेत्रको उन्नतिका लागि सबै जिल्लामा सूचना प्रविधि युक्त पुस्तकालय तथा स्र्रोत केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिए।

उनले पुस्तकालय निर्माणको कामलाई अभियानका रुपमा गाउँ–गाउँमा लैजानुपर्ने भन्दै त्यसको लागि आवश्यक पहल गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए। कार्यक्रममा पुस्तकालयका अध्यक्ष राजेन्द्र आचार्यले निशुल्क इन्टरनेट सेवा सहितको सो पुस्तकालय तथा स्रोत केन्द्रबाट कम्तीमा १० हजार स्थानीय प्रत्यक्ष लाभान्वित हुने अपेक्षा लिइएको बताए।

दीर्घकालीन स्थायित्वका लागि पुस्तकालको सात वटा सटर भाडामा दिइएको छ। रिड नेपालबाट ६७ लाख, निर्मला पराजुली साहित्य कोषबाट २ लाख, जापानमा बस्ने नेपालीहरुबाट एक लाख १५ हजार लगायत विभिन्न संघ सस्थाको आर्थिक सहयोगमा पुस्तकालय निर्माण गरिएको हो।


 

More form the Internet

loading...