Suvadin, Home

काठमाडौंको टुडीखेलमा मोबाइल फाल्ने प्रतियोगिता

मुगुका विपन्न महिलाहरुलाई मोवाइलल सेट वितरण गर्ने उद्देश्यले काठमाडौंमा मोबाइल फाल्ने प्रतियोगिता सम्पन्न भएकाे छ। आयोजक रोटरी क्लब अफ रुद्रमतिद्वारा काठमाडौंको टुडिखेलमा शनिवार आयोजना गरिएको मोबाइल फाल्ने प्रतियोगितामा करिब सय प्रतियोगी सहभागी भएका थिए।

काठमाडौं, फागुन २१ - मुगुका विपन्न महिलाहरुलाई मोवाइलल सेट वितरण गर्ने उद्देश्यले काठमाडौंमा मोबाइल फाल्ने प्रतियोगिता सम्पन्न भएकाे छ। 

आयोजक रोटरी क्लब अफ रुद्रमतिद्वारा काठमाडौंको टुडिखेलमा शनिवार आयोजना गरिएको मोबाइल फाल्ने प्रतियोगितामा करिब सय प्रतियोगी सहभागी भएका थिए। प्रतियोगिताबाट संकलित रकमले मोबाइलको पहुँच नपुगेका मुगुका स्थानीय महिलालाई मोबाइल सेट उपलब्ध गराइने जनाएको छ।

आयोजकले प्रतियोगितालाई १४ वर्ष मुनि र त्यो भन्दा माथिका महिला र पुरुष गरी तीन भागमा विभाजन गरेर प्रतियोगिता गरेको थियो । प्रवेश शुल्कबापत एक हजार रुपैयाँ तिरेर प्रतियोगितामा सहभागी हुने व्यवस्था गरिएको थियो ।

हरेक समूहबाट सबैभन्दा टाढा मोबाइल फाल्नेलाई उपहार स्वरुप एउटा स्मार्टफोन प्रदान गरिएको छ। क्लबले यसअघि सन् २०१५मा पनि यस्तै प्रतियोगिता आयोजनाबाट संकलित रकमबाट मुगुका ५० जना महिलालाई मोबाइल प्रदान गरेको जनाएको छ। 


 

More form the Internet

loading...