Suvadin, Home

सयाैं किसान लाभान्वित
नवलपरासीमा बीउ प्रशोधन केन्द्र

नवलपरासीको देवचुली नगरपालिकामा स्थापना गरिएको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना भएपछि किसान लाभान्वित बनेका छन्। नेपाल सरकारको सिँचार्इ तथा जलस्रोत व्यवस्थापनको आयोजना र विश्व बैंकको सहयोगमा सञ्चालन गरिएको केन्द्र स्थापना भएसँगै आफ्नै गाउँठाउँमा उन्नत बीउ उत्पाउन हुने र भण्डारण हुन थालेपछि किसान हर्षित भएका हुन्।
रूपन्देहीमा निर्माण गरिएकाे बीउ प्रशोधन तथा भण्डारण केन्द्र ।

नवलपरासी, फागुन ३० - नवलपरासीको देवचुली नगरपालिकामा स्थापना गरिएको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना भएपछि किसान लाभान्वित बनेका छन्। 

नेपाल सरकारको सिँचार्इ तथा जलस्रोत व्यवस्थापनको आयोजना र विश्व बैंकको सहयोगमा सञ्चालन गरिएको केन्द्र स्थापना भएसँगै आफ्नै गाउँठाउँमा उन्नत बीउ उत्पाउन हुने र भण्डारण हुन थालेपछि किसान हर्षित भएका हुन्।

केन्द्रमा दिव्यपुरीमा रहेका लालीमा कृषि सहकारी, सञ्जीवनी बचत तथा ऋण सहकारी, महिला बहुउद्देश्य र कञ्चन कृषि सहकारीको डेढ करोड र नेपाल सरकारको रु तीन करोड लगानीमा रहेको छ। 

नवलपरासीको बाँकी छ वटै नगरपालिकालाई बालमैत्री नगर बनाउन अभियान तीव्ररुपमा अघि बढाइएको छ। यसअगावै नवलपरासीको सुनवल नगरपालिकालाई देशकै पहिलो बालमैत्री नगर घोषणा गरिसकिएको थियो।

अब जिल्लाको रामग्राम र कावासोती, बर्दघाट, देवचुली, गैँडाकोट र मध्यविन्दु नगरपालिकालाई बालमैत्री नगर बनाउन विभिन्न गतिविधिमार्फत अभियानलाई तीव्ररुपमा अघि बढाइएको हो। 

अहिले ती नगरपालिका क्षेत्रमा बाल श्रम उन्मूलन, कुपोषणबाट शिशुलाई बचाउनलगायत बालमैत्री बनाउन आवश्यक सूचक पूरा गर्न काममार्फत अभियान चलाएको रामग्राम नगरपालिकाका कार्यकारी अधिकृत रोशन ज्ञवालीले बताए। 

नवलपरासीमा साविक रामग्राम, सुनबल, बर्दघाट, मध्यबिन्दु, कावासोती, देवचुली, गैँडाकोट गरी सात नगरपालिकाका र ५९ गाविस रहेका छन्। यद्यपि, अहिले राज्य पुनर्संरचनाअन्तर्गत नवलपरासीमा सात नगरपालिका र आठ वटा गाउँपालिका भएका छन्। रासस


 

More form the Internet

loading...