Suvadin, Home

अब रुखबाट पनि बिजुली

 तपाईं समस्यामा हुनुहुन्छ? आफ्ना साथीहरूसँग सापट माग्न खोज्नु भयो भने अधिकांशले दिने जवाफ एउटै हुन्छ, ‘पैसा रुखमा फल्दैन यार?’ यो सत्य पनि हो। आखिर पैसा रुखमा फल्दैन। तर, अर्को सत्य के हो भने रुखमा पात, फल र हाँगा मात्र होइन, अब चाँडै बिजुली पनि फल्नेछ।

काठमाडौं, माघ २१ - तपाईं समस्यामा हुनुहुन्छ? आफ्ना साथीहरूसँग सापट माग्न खोज्नु भयो भने अधिकांशले दिने जवाफ एउटै हुन्छ, ‘पैसा रुखमा फल्दैन यार?’ यो सत्य पनि हो। आखिर पैसा रुखमा फल्दैन। तर, अर्को सत्य के हो भने रुखमा पात, फल र हाँगा मात्र होइन, अब चाँडै बिजुली पनि फल्नेछ।

अमेरिकाका वैज्ञानिकहरूले हालै एउटा यस्तै रुखको विकास गरेका छन्। जुन रुखले बकाइदा बिजुली उत्पादन गर्नेछ। रुखमा कृत्रिम पात हुनेछन्। सरर हावा चल्दा त्यसले बिजुली उत्पादन गर्नेछ।

अमेरिकास्थित इयवा विश्वविद्यालयका सोधकर्ताले यस्तो रुख आविष्कार गरेका हुन्। त्यहाबाट उत्पादित बिजुली घरेलु उपकरण चार्ज गर्न प्रयोगमा आउन सक्ने विश्वास लिइएको छ।

यस्तो रुखको डिजाइन माइकल मैकक्लोस्कीले गरेका हुन्। उनले हावाबाट घुम्ने टर्बाइनलाई परिवर्तन नगरेरै यसबाट अरु साना मेसिन तयार पार्न सकिने बताएका छन्। हावा बिजुलीमा रुपान्तरण हुनेछ। यसको सकारात्मक पक्ष के हो भने यो हेर्दा पनि अति सुन्दर देखिनेछ। यसबाट उत्पादित बिजुली सानो स्तरका काममा सहायक सिद्ध हुने दाबी गरिएको छ।’ यसको मद्दतबाट अफग्रिड बिजुली उत्पादन हुनेछ। उनले शहरी क्षेत्रमा मोबाइल फोन टावरको सुन्दरता बढउन पनि यसले मद्दत पुग्ने बताएका छन्।

 


 

More form the Internet

loading...