Suvadin, Home

ज्योतिषी कीर्तिकिरण जोशीले  बिहीबार साइत हेरेर  मछिन्द्रनाथ देवतालाई मङ्सिर २० गते पाटन ल्याउन  उतम भएको बताएका छन्  ।
मछिन्द्रनाथ देवता पाटनमा 


ललितपुर,  मङ्सिर १० 
६ महिनादेखि बुङ्गमतीमा रहेको मछिन्द्रनाथ देवतालाई यही मङ्सिर २० गते पाटन ल्याइने भएको छ  । 

ज्योतिषी कीर्तिकिरण जोशीले  बिहीबार साइत हेरेर  मछिन्द्रनाथ देवतालाई मङ्सिर २० गते पाटन ल्याउन  उतम भएको बताएका छन् । उनका अनुसार धान्य पूर्णिमाभन्दा पहिले नै देवतालाई पाटन ल्याउन उत्तम छ । मछिन्द्रनाथ जात्राका लागि वर्षमा दुईपटक साइत हेर्ने गरिएको छ । बुङमतीबाट पाटन ल्याउनका लागि एकपटक र भोटो जात्रा हुने समयमा लगनखेलबाट जावलाखेल लैजानका लागि   अर्काे  साइत हेर्ने गरिन्छ । लगनखेलबाट जावलाखेल देवता पु¥याएको चारदिन पछि भोटो जात्रा सञ्चालन हुने गरेको छ ।

बुङमतीको मछिन्द्रनाथको मन्दिरमा देवता रहेकामा पाटन ल्याएपछि मछिन्द्रबहालस्थित मछिन्द्रनाथको मन्दिरमा राखिन्छ । उनले भने, “मङ्सिरको बिहीबार साइत हेरेर मङ्सिरमा नै देवतालाई पाटन ल्याउने गरिएको छ ।” उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको मछिन्द्रनाथको जात्रा ६ महिनासम्म सञ्चालन हुने गर्दछ  । 

मछिन्द्रनाथ देवतालाई ६ महिना पाटन र ६ महिना बुङमती राख्ने प्रचन छ । बुङमतीमा रहँदा महिनामा एकपटक मात्रै पूजा हुने गरेपनि पाटनमा विभिन्न किसिमका पर्व÷जात्रा सञ्चालन हुने गर्छन् । देवता पाटनमा ल्याएपछि नै काठ काट्ने, रथ बनाउने लगायतका तयारी सुरु हुने गुठी संस्थान, ललितपुर शाखाका प्रमुख बैकुण्ठ आचार्य बताउँछन्   । 


 


 

More form the Internet

loading...