Suvadin, Home

नरेश बुढाऐर चम्केपछि आर्मीको फराकिलो जित, पुलिसले पश्चिमाञ्चललाई हरायो

सातौं खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा शनिबार भएको पहिलो खेलमा त्रिभुवन आर्मीका नरेश बढाऐर चम्केपछि आर्मीले सुदूरपश्चिमलाई ८६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। 

यज्ञराज जोशीकाठमाडौं, पुस ९ 


सातौं खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा शनिबार भएको पहिलो खेलमा त्रिभुवन आर्मीका नरेश बढाऐर चम्केपछि आर्मीले सुदूरपश्चिमलाई ८६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। 

पहिले ब्याटिङ गरेको आर्मीले नरेश बुढाऐरको ८१ रनको मदले निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय १० रनको विशाल लक्ष्य खडा गर्याे। ४३ सामना गरेका बुढाऐर अभिजित रहे। त्यस्तै आर्मीलाई ओपनर व्याट्सम्यान सागर पुनले बलियो सुरूवात दिएका थिए। 

उनले विजयी टीमका लागि २८ बलमा ४४ रन जोडे। त्यस्तै, आर्मीका लागि विनोद भण्डारीले ३४, राजु रिजालले ३२ (२२), अनिल मण्डलले २० (२२), रन बनाएपछि आर्मीले सो स्कोर बनाएको हो।

सुदूरपश्चिमको बलिंगमा अनुभवको कमी देखियो। फलस्वरूप सुदूरपश्चिमका बलर प्रभावशाली देखिएनन्। सुदूरपश्चिमाञ्चलका लागि सागर भण्डारी र विनोद लामाले १ विकेट लिनुबाहेक अन्य बलर असरदार साबित भएनन्। महंगा बलर साबित भएका सागर भण्डारीले ४ ओभरमा ४७ रन खर्चे। 

जवाफी ब्याटिङमा उत्रेको सुदूरपश्चिम निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १ सय २३ रनमा सीण्मित भयो। सुदूरपश्चिमलाई सो स्कोरमा रोक्ने क्रममा आर्मीका विक्रम सोबले तथा जितेन्द्र मुखियाले समान १ विकेट लिए। 
   
त्यस्तै, दिउँसो भएको अर्काे खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चललाई १७ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङमा उत्रेको पुलिसले निर्धारित ओभरमा १ सय ४६ रन बनायो। पुलिसका मन्जित श्रेष्ठ अर्धशतक चुक्दा उनी ४९ रनमा रोकिए। पुलिसका दीपेन्द्र ऐरीले २८ रन बनाए। 

पश्चिमाञ्चलका शाह आलमले २ तथा धीरज शाहीले १ विकेट लिए। जवाफी ब्याटिङमा उत्रेको पश्चिमाञ्चललाई १ सय २९ रनमा रोक्दै पुलिसले जित निकालेको हो। पश्चिमाञ्चलका लागि सुशान भारीले ३२ तथा लालबहादुर अधिकारीले २७ रनको पारी खेले पनि त्यो जितका लागि पर्याप्त भएन। 

नेपाल पुलिसका ललितसिंह भण्डारीले ३ तथा दीपेन्द्र ऐरीले २ विकेट लिएपछि पुलिसको जित सम्भव भयो। प्रतियोगितामा आइतबार बिहान मध्यमाञ्चल र पश्चिमाञ्चल तथा दिउँसो एपीएफ र सुदूरपश्चिमाञ्चलबीच खेल हुनेछ।


 

More form the Internet

loading...