Suvadin, Home

बार्सिलाेनामा अन्जन सम्मानित

नेपाली राष्ट्रिय फुटबल टिमका युवा स्ट्राइकर अन्जन विष्टलार्इ स्पेनको बार्सिलोनामा सम्मानित भएका छन्। हाल स्पेनको मार्बेला युनाइटेड फुटबल क्लबमा प्रशिक्षणरत् अन्जनलार्इ जनप्रगतिशिल मञ्च, स्पेनले सम्मान गरेको हो।
सम्मान ग्रहण गर्दै अन्जन।

काठमाडाै, फागुन २ - नेपाली राष्ट्रिय फुटबल टिमका युवा स्ट्राइकर अन्जन विष्टलार्इ स्पेनको बार्सिलोनामा सम्मानित भएका छन्। हाल स्पेनको मार्बेला युनाइटेड फुटबल क्लबमा प्रशिक्षणरत् अन्जनलार्इ जनप्रगतिशिल मञ्च, स्पेनले सम्मान गरेको हो।

नेपाली फुटबललार्इ उचाइमा पुर्याउन अन्जनले पुर्याएकाे याेगदान गर्दै मञ्चले सम्मान गरेकाे हाे। गत पुषमा साताैं राष्ट्रिय खेलकुदमा विभागीय टाेली सशस्त्र प्रहरी बल (एपीएफ) लार्इ स्वर्ण पदक दिलाए पछि अन्जन स्पेन उडेका थिए।

नेपालले पछिल्लाे पटक हासिल गरेका बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुदमा यू-२३ काे स्वर्ण तथा कात्तिक अन्तिममा एएफसी सोलिडारिटी कप गरी फुटबलमा महत्वपूर्ण स्वर्ण जित्दा अन्जन त्यसकाे महत्वपूर्ण सदस्य थिए।

सम्मानपछि प्रतिक्रिया दिँदै अन्जनले विश्वभरका नेपालीहरूले देखाएकाे माया प्रति अाभार व्यक्त गरे। तीन महिनाअघि स्पेन पुगेका अन्जन त्यहाँ प्रशिक्षण लिनुकाे साथै सम्भव भए ट्रायल दिन कार्यक्रम रहेकाे छ।

 


 

More form the Internet

loading...