Suvadin, Home

मध्यमाञ्चललाई ८ विकेटले पराजित गर्दै एपीएफ फाइनलमा

फाइनलमा प्रवेश गरेकाे एपीएफकाे टिम। फाेटाे साैजन्य: रमन शिवाकाेटी

काठमाडाैं, पुस १४


साताैं राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्तर्गत भर्खरै सम्पन्न पुरूषतर्फको पहिलाे सेमिफाइनल खेलमा मध्यमाञ्चललाई ८ विकेटले पराजित गर्दै विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) फाइनलमा प्रवेश गरेकाे छ। 

मोरङकाे वैजनाथपुर मैदानमा भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे मध्यमाञ्चलले १७.५ अाेभरमा अाफ्ना सबै विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्याे। उसका लागि हरिशंकर शाहले २१ रनबाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न नसक्दा मध्यमाञचल फाइनल प्रवेश गर्नबाट राेकियाे।

एपीएफका बलरसामु मध्यमाञ्चलका ब्याट्सम्यानहरू निरीह देखिएका थिए। एपीएफका अनुभवी बलरहरू करण केसीले ३ अाेभरमा २ विकेट लिँदै १० रन मात्र दिए भने १.५ अाेभर बलिङ गरेका वसन्त रेग्मीले ९ रन खर्चेर २ विकेट लिए।

६२ रनकाे झिनाे लक्ष्य पछ्याएकाे एपीएफले ९.३ अाेभरमा २ विकेट गुमाएर लक्ष्य भेटायाे। एपीएफका लागि प्रदीप एेरीले २४ बलमा ३३ रनकाे इनिङ खेले। उनले ४ चाैका प्रहार गरे। त्यस्तै, एपीएफकाे जितमा पृथु बाँस्काेटाले ९ रन जाेडे।

मध्यमाञ्चलका रसिद खानले सन्त्वाना २ विकेट पाए। प्रतियाेगितामा केहीबेरमा त्रिभुवन अार्मी क्लब र नेपाल पुलिस क्लबबीच दाेस्राे सेमिफाइनल खेल हुँदैछ। उक्त खेलकाे बिजेताले शुक्रबार  फाइनलमा एपीएफसँगकाे भेट पक्का गर्नेछ। 


 

More form the Internet

loading...