Suvadin, Home

महिला सर्वाधिक पुरस्कार राशीकाे क्रिकेट पनि सुदूरमै हुने

पुरूषतर्फकाे देशकै सर्वाधिक धनराशी तथा पुरस्कार राशीकाे एसपीए कप (हाल मर्जर, धनगढी प्रिमियर लिग) हुँदै अाएकाे सुदूपश्चिमबाट अब महिला तर्फकाे सर्वाधिक धनराशीकाे क्रिकेट प्रतियाेगिता हुने भएकाे छ।
अत्तरिया कपकाे लाेगाे।

काठमाडाैं, फागुन १ - पुरूषतर्फकाे देशकै सर्वाधिक धनराशी तथा पुरस्कार राशीकाे एसपीए कप (हाल मर्जर, धनगढी प्रिमियर लिग) हुँदै अाएकाे सुदूपश्चिमबाट अब महिला तर्फकाे सर्वाधिक धनराशीकाे क्रिकेट प्रतियाेगिता हुने भएकाे छ।

अत्तरिया युनाइटेड स्पोर्टस क्लवको आयोजनामा कैलालीको अत्तरियामा देशकै सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता आयोजना हुन लागेकाे हाे।  वैशाख १४  बाट सुरू हुने महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताकाे पुरस्कारमा मात्रै चार लाखभन्दा बढी नगद खर्च गरिने अायाेजकले जनाएकाे छ।

पच्चिस लाख अायाेजना खर्च हुने अनुमान गरिएकाे प्रतियाेगिताकाे नगद २ लाख तथा उपविजेताले नगद १ लाख पुरस्कार पाउने अायाेजक युनाइटेड क्लबका अध्यक्ष रवि खनालले जानकारी दिए। त्यस्तै, प्रतियाेगिताका उत्कृष्ट खेलाडीले नगद २५ हजार, उत्कृष्ट व्याट्सवुमन, उत्कृष्ट वलर र उत्कृष्ट किपरले नगद १०/१० हजार तथा प्रत्येक खेलका वुमन अफ द म्याचले नगद ३ हजार पुरस्कार पाउने अायाेजकले जनाएकाे छ।

अत्तरियाको शसस्त्र प्रहरी बल वैजनाथ बाहिनीको खेल मैदानमा हुने प्रतियाेगितामा देशभरिवाटै टिमहरूकाे सहभागिता गराउने तयारी भइरहेकाे क्लबले जनाएकाे छ। प्रत्येक टिमले चार जना विदेशी खेलाडी राख्न पाउने व्यवस्था मिलाइएकाे छ।

लिगकम नकआउटको आधारमा खेलाईने प्रतियाेगिताले देशकाे महिला क्रिकेटलार्इ उकास्न मद्दत मिल्ने क्लबका महासचिब थानेश्वर भट्टले बताएका छन्। प्रतियाेगिता सञ्चालनका लागि विभिन्न उपसमूहहरू बनाएर काम धमाधम भइरहेकाे अायाेजकले जनाएकाे छ।

 

 

 

 


 

More form the Internet

loading...