Suvadin, Home

जसले अष्ट्रेलियालार्इ जाेगाए

दोस्रो इनिङमा १ सय ५२ रनले पछि परेको अवस्थामा अष्ट्रेलियाले कप्तान स्टेभन स्मिथलाई गुमाउँदा ६३ रन मात्र बनाएको थियो। तर, १ सय ९७ बलको सामना गर्दै मार्शले ५३ रन र २ सय खेल्दै ह्यान्ड्सकमले ७२ रन जोडेपछि अष्ट्रेलियाको सम्भावित हार जोगिएको थियो। बलिङमा भारतका रविन्द्र जडेजाले ४ तथा रविचन्द्रन अश्विन र इशान्त शर्माले समान १ विकेट लिए। पहिलो इनिङमा कप्तान स्मिथले अविजित १ सय ७८ रन र ग्लेन म्याक्सवेलको १ सय ४ रन जोडेपछि अष्ट्रेलिया ४ सय ५१ रन बनाएको थियो।
अष्ट्रेलियालार्इ हारबाट जाेगाएका सन मार्श र पिटर ह्यान्ड्सकम। तस्बिरः एजेन्सी।

काठमाडाैं, चैत्र ८ - सन मार्श र पिटर ह्यान्ड्सकमले समझदारीपूर्ण इनिङ खेलेपछि अष्ट्रेलियाले तेस्राे टेष्टमा भारतलार्इ बराबरीमा राेकेकाे छ। भारतमा जारी खेलकाे अन्तिम दिन दुवैकाे साझेदारीले अष्ट्रेलियालार्इ बराबरीकाे नतिजा दिएकाे हाे।

बराबरीसँगै चार टेस्टको श्रृंखलामा अस्ट्रेलिया र भारतकाे समान एक-एक जीत र एक बराबरी भएकाे छ। तेस्रो टेस्टको अन्तिम दिन मंगलबार मार्श र ह्यान्ड्सकमले पाँचौं विकेटका लागि १ सय २४ रनकाे साझेदारी गरेपछि भारतले घरेलु मैदानमा अाशा गरेकाे दाेस्राे जीतकाे अाशा निराशामा बदलिएकाे हाे। 

दोस्रो इनिङमा ६ विकेट गुमाउँदै अष्ट्रेलियाले २ सय ४ रनकाे स्काेरमा खेल टुंग्याएकाे हाे। पहिलो इनिङमा अष्ट्रेलियाले ४ सय ५१ र भारतले ६ सय ३ रन बनाएको थियो।

दोस्रो इनिङमा १ सय ५२ रनले पछि परेको अवस्थामा अष्ट्रेलियाले कप्तान स्टेभन स्मिथलाई गुमाउँदा ६३ रन मात्र बनाएको थियो। तर, १ सय ९७ बलको सामना गर्दै मार्शले ५३ रन र २ सय खेल्दै ह्यान्ड्सकमले ७२ रन जोडेपछि अष्ट्रेलियाको सम्भावित हार जोगिएको थियो।

बलिङमा भारतका रविन्द्र जडेजाले ४ तथा रविचन्द्रन अश्विन र इशान्त शर्माले समान १ विकेट लिए। पहिलो इनिङमा कप्तान स्मिथले अविजित १ सय ७८ रन र ग्लेन म्याक्सवेलको १ सय ४ रन जोडेपछि अष्ट्रेलिया ४ सय ५१ रन बनाएको थियो।

भारतका लागि जडेजाले ५ र उमेश यादवले ३ विकेट लिएका थिए। चेतेश्वर पुजाराको दोहोरो शतक (२०२) र ऋद्धिमान शाहको १ सय १७ रनको मद्दतमा ६ सय ३ रन बनाउँदै पहिलो इनिङ समाप्तिको घोषणा गर्दा भारतले १ सय ५२ रनको अग्रता लिएको थियो।

Hightlight:-

Australia 451 (Smith 178*, Maxwell 104, Jadeja 5-124) and 204 for 6 (Handscomb 72*, Marsh 53, Jadeja 4-54) drew with India 603 for 9 declared (Pujara 202, Saha 117, Vijay 82, Cummins 4-106)


 

More form the Internet

loading...