Suvadin, Home

मेसी, नेयमार र स्वारेज चम्केपछि बार्सिलाेनाकाे फराकिलाे जीत

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले एलाभेस माथि फराकिलाे जित निकालेकाे छ। क्लवका स्टार खेलाडीहरू लियाेनल मेसी, लुइस स्वारेज तथा नेइमारले गाेल गरेपछि बार्सिलाेनाले सानदार जित दर्ता गरेकाे हाे।
गाेल गरेपछि मेसी।

काठमाडाैं, फागुन १ - स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले एलाभेस माथि फराकिलाे जित निकालेकाे छ। क्लवका स्टार खेलाडीहरू लियाेनल मेसी, लुइस स्वारेज तथा नेइमारले गाेल गरेपछि बार्सिलाेनाले सानदार जित दर्ता गरेकाे हाे।

एलाभेसलाई ६० ले पराजित गर्ने क्रममा लुइस स्वारेजले दुई तथा नेइमार, लियोनल मेस्सी र इभान रेकिटिकले समान १/१ गाेल गरे। एक गाेल भने बार्सिलाेनाले अात्मघाती पाएकाे थियाे। पहिलाे हाफमा २-० काे अग्रता लिने क्रममा बार्सिलाेनाका स्वारेजले ३७ अाै तथा नेइमारले ४० अाै मिनेटमा गाेल गरे।

खेलकाे ५९ औं मिनेटमा गाेल गर्दै मेसीले अग्रता ३० मा पुर्याए भने त्यसकाे ४ मिनेट वित्न नपाउदै एलाभेसका डेलगाडोले अाफ्नै पाेष्टमा अात्मघाती गाेल गरे। अात्मघाती गाेलले मात्रै  बार्सिलाेना राेकिएन्। एक मिनेट वित्न नपाउदै रेकिटिकले गोल गर्दै बार्सिलोनाको अग्रता ५० मा पुर्‍याए। स्वारेजले ६७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल पछि बार्सिलाना ६० ले राेकियाे।

जितपछि बार्सिलोनाको २२ खेलबाट ४८ अंक भएको छ। दुई खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ४९ अंक छ।

खेलकाे हाइलाइट्स हेर्नुहाेस:-

 


 

More form the Internet

loading...