Suvadin, Home

मेसी, नेयमार र स्वारेजले गाेल गरेपछि बार्सिलाेना क्वाटरफाइनलमा

फ्रि-किक गाेल गर्दै मेसी।

काठमाडाैं, पुस २८


बार्सिलाेनाका स्ट्रारतृय लिअाेनल मेसी, नेयमार र स्वारेजले गाेल गरेपछि स्पेनिस कोपा डेल रे अन्तर्गत भएकाे खेलमा बुधबार राति एथ्लेटिको बिल्बाओलार्इ ३–१  गाेल अन्तरले पराजित गर्दै बार्सिलाेना क्वाटरफार्इनलमा प्रवेश गरेकाे छ। 

बार्सिलाेनाकाे घरेलु मैदान नेउक्याम्पमा तीन वटै स्टारहरूले  समान १ - १ गाेल गरेका थिए। अन्तिम १६ काे पहिलाे लेगमा विल्बाअाेले बार्सिलाेनालार्इ २-१ ले पराजित गरे पनि बुधबार राति भएकाे दाेस्राे लेगमा भने बार्सिलाेना बिल्बाअाेमाथि हावी देखियाे। बार्सिलाेना समग्र ४-३ काे जित सहित अन्तिम ८ मा प्रवेश गरेकाे हाे। 

खेलकाे ३५ अाैं मिनेटमा स्वारेजले गाेल गर्दै बार्सिलाेनालार्इ पहिलाे हाफमा १-० काे अग्रता दिलाएका थिए। ४८ मिनेटमा पनाल्टी पाएकाे बार्सिलाेनालार्इ नेयमारले २-० काे अन्तरमा पुर्याए। त्यसकाे ३ मिनेटपछि बिल्बाअाेका टेइसिडारले एक गाेल फर्काए। त्यसपछि भने बिल्बाअाे खेलमा फर्कन सकेन। 

खेलकाे ७८ अाैं मिनेटमा लिअाेनल मेसीले फ्रि-किक गाेल गर्दै बार्सिलाेनालार्इ समग्रमा ३-१ काे जित दिलाए। याे मेसीकाे खेल जीवनकाे ३१ अाै फ्रिकिक गाेल हाे। त्यस्तै, प्रतियाेगितामा रियल सोसिडाड, एल्कोर्कोन र एलाभेस पनि क्वाटरफाइनलमा पुगेका छन्।


 

More form the Internet

loading...