रियललार्इ चुनाैती दिँदै बार्सिलाेना
काठमाडाैं, माघ २
स्पेनिस ला लिगामा बार्सिलाेनाले रियल मड्रिडका सामु चुनाैती खडा गरेकाे छ। ला लिगा अन्तर्गत शनिबार राति भएकाे खेलमा जित निकाल्दै बार्सिलाेनाले शीर्षमा रहेकाे रियलसँगकाे दुरी कम गरेपछि रियलमा शीर्ष स्थान खाेसिने डर जागेकाे हाे। शनिबारकाे जितसँगै बार्सिलोनाको १८ खेलबाट ३८ अंक भएको छ यता, दुई खेल कम खेलको शीर्ष स्थानको रियल मड्रिडको ४० अंक छ।
उक्त खेलमा बार्सिलाेनाले लास पालमसलार्इ ५-० ले पराजित गर्याे। बार्सिलाेनाकाे जितमा लुइस स्वारेजले २ गाेल गरे भने लियोनल मेस्सी, आर्ड तुरान र एलेक्स विडालले एक एक गोल गरे।
खेल सुरू भएकाे १४ औं मिनेटमा स्वारेजले बार्सिलाेनालार्इ सुरूवाती अग्रता दिलाए। त्यसपछि पहिलाे हाफकाे खेलमा भने दुबै तर्फबाट गाेल हुन सकेन। पहिलो हाफमा १–० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप चार गोल गर्यो।
दाेस्राे हाफकाे सुरूवात भने बार्सिलाेनाले मेसीकाे गाेलबाट गर्याे। मेसीले ५२ औं मिनेटमा गाेल गरे। त्यस्तै, ५७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरे त्यसकाे दुर्इ मिनटमै तुरानले र ८० औं मिनेटमा विडालले गोल गर्दै बार्सिलाेनाले रियलमाथि ५-० को जित निकाल्यो।