Suvadin, Home

अनुराग ठाकुरलाई बिसिसीकाे अध्यक्षबाट हट्न सर्वाेच्चकाे अादेश

भारतीय सर्वाेच्च अदालतले भारतीय क्रिकेटमा अहिलेसम्मकै ठूलाे फैसला सुनाएकाे छ। साेमबार भारतीय क्रिकेटकाे प्रशासकीय निकाय (बिसिसीअाई)का अध्यक्ष अनुराग ठाकुरलाई पदबाट हट्न फैसला सुनाएपछि भारतीय खेलकुदमा यतिबेला खैलाबैला मच्चिएकाे छ।
बिसिसीअाईका अध्यक्ष अनुराग ठाकुर।

काठमाडाैं, पुस १९


भारतीय सर्वाेच्च अदालतले भारतीय क्रिकेटमा अहिलेसम्मकै ठूलाे फैसला सुनाएकाे छ। साेमबार भारतीय क्रिकेटकाे प्रशासकीय निकाय (बिसिसीअाई)का अध्यक्ष अनुराग ठाकुरलाई पदबाट हट्न फैसला सुनाएपछि भारतीय खेलकुदमा यतिबेला खैलाबैला मच्चिएकाे छ।

अध्यक्ष ठाकुरसँगै बिसिसीअाईका सचिव अजय सिर्केलाई पनि सर्वाेच्चले पदबाट हट्न अादेश दिएकाे छ। 

इन्डियन प्रिमियर लिगमा भएको भष्ट्राचार तथा म्याच फिक्सिङकाे अाराेपपछि अदालतले त्यसकाे छानबिन गर्न सर्वाेच्चका पूर्वन्यायाधीश राजेन्द्रमल लाेधाकाे अध्यक्षतामा लोढा कमिटी बनाएकाे थियाे। उक्त कमिटीले म्याच फिक्सिङसम्बन्धी छानबिन गरी बिसिसीआईलाई केही महत्वपूर्ण सुझाव दिएको थियो ।

तर, बिसिसीआईका अध्यक्ष अनुराग र सचिव अजयले कमिटीको प्रस्ताव स्वीकारेनन्। जसकाे परिणाम स्वरूप सर्वाेच्चले अनुराग र अजयलाई सुझाब कार्यान्वयन गर्न अन्तरिम फैसलासमेत गर्‍यो। बिसिसीआईका यी पदाधिकारी साे अन्तिम अन्तरिम फैसला समेत मान्न तयार नदेखिएपछि त्यसपछि लोढा कमिटीले नै उनीहरूलाई हटाउन अदालतसमक्ष सिफारिस गरेकाे थियाे। साेही सिफारिसकाे अाधारमा सर्वाेच्चले अध्यक्ष र सचिवलाई पदमुक्त गर्ने निर्णय सुनाएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सर्वाेच्चले अाफ्नाे फैसलामा भनेकाे छ, ‘अब बिसिसीअाईकाे अध्यक्षकाे कामकारबाही सबैभन्दा वरिष्ठ उपाध्यक्षले हेर्ने छन्। अदालतले अाफ्नाे फैसलाले केन्द्रीय अध्यक्ष तथा उपाध्यक्षलाई मात्र हैन, लाेढा समितिकाे सिफारिस नमान्ने सबै संघ तथा पदाधिकारीका हकमा पनि लागू हुने जनाएकाे छ। 

सन् २०१३ मा सम्पन्न आइपिएलको छैठौं संस्करणमा भएकाे ठूलाे भ्रष्टाचार र म्याच फिक्सिङकाे घटना बाहिर अाएकाे थियाे। साे प्रकरणले बिसिसीअाईका तत्कालीन प्रमुख नारायणस्वामी श्रीनिवासन पनि पदबाट हट्न बाध्य भएका थिए। साेही प्रकरणमा आइपिएल खेल्ने आठ टोलीमध्ये दुई क्लबलाई समेत निस्कासन गरियाे। त्यसमा भारतीय वानडे कप्तान महेन्द्रसिंह धाेनीकाे कप्तानीमा रहेकाे चेन्नई सुपरकिङस र बलिउड अभिनेत्री शिल्पा सेट्टीकाे क्लब राजस्थान रोयल्स थियो।

के भन्छन् ठाकुर?

अाफूलाई पदबाट हट्न सर्वाेच्चले फैसला सुनाएपछि ट्वीटरमार्फत सन्देश सार्वजनिक गर्दै अध्यक्ष ठाकुरले याे अाफ्नाे व्यक्तिगत लडाइँ नभएकाे जिकिर गरेका छन्। सन्देशमा उनले खेल संगठनलाई स्वायत्त बनाउन अाफूले याे लडाइँ लडेकाे तर अाफू अन्य नागरिकजस्तै सर्वाेच्चकाे फैसलालाई सम्मान गर्ने बताएका हुन्।

सर्वाेच्चका न्यायधीशमाथि निशाना साँध्दै उनले भनेका छन्, ‘सर्वाेच्चका बृद्ध न्यायधीशलाई लाग्छ कि उनीहरूले सुझाएकाे मार्गनिर्देशमा बिसिसीअाई राम्राे काम गर्न सक्छ, म उहाँहरूलाइ पूर्ण शुभकामना दिन्छु। उहाँहरूले देखाएकाे मार्गनिर्देशमा बिसिसीअाईले अझ राम्राे गर्दै जाअाेस्। ठाकुर सत्तारूढ भारतिय जनता पार्टीका संसद पनि हुन्।’

 


 

More form the Internet

loading...