Suvadin, Home

काेहलीकाे कप्तानीमा युवराजकाे पुनरागमन

महेन्द्रसिंह धाेनीले वान डे र टी-२० बाट कप्तानी छाडेपछि भारतीय क्रिकेट बाेर्डले (बिसिसिअार्इ) विराट काेहलीलार्इ कप्तानीकाे जिम्मा दिएकाे छ। जारी भारत इङ्ल्याण्ड सिरिजका लागि काेहलीलार्इ कप्तानीकाे जिम्मेवारी सुम्पिएकाे हाे।  

काठमाडाैं, पुस २४


महेन्द्रसिंह धाेनीले वान डे र टी-२० बाट कप्तानी छाडेपछि भारतीय क्रिकेट बाेर्डले (बिसिसिअार्इ) विराट काेहलीलार्इ कप्तानीकाे जिम्मा दिएकाे छ। जारी भारत इङ्ल्याण्ड सिरिजका लागि काेहलीलार्इ कप्तानीकाे जिम्मेवारी सुम्पिएकाे हाे।  

बिराट काेहली यसअघि नै भारतीय टेष्ट टिमका कप्तान थिए। उनले सन् २०१४ यता भारतीय टेष्ट टिम सम्हालिरहेका छन्। उनले टेष्ट टिममा कप्तानी गरेदेखि भारतीय टेष्ट टिमले अाक्रमक जित निकाल्दै अाएकाे छ। हालसम्म उनकाे कप्तानीमा भएका २२ टेष्टमा भारतले  १४ मा जित २ मा हार र ६ मा बराबरी खेलेकाे छ। 

काेहलीले भारतका लागि यसअघि नै १७ वान डे प्रतियाेगितामा कप्तानी गरिसकेकाे छन्। तर,  उनी त्यतिबेला मात्र थिए जब नियमित कप्तान धाेनी मैदानमा थिएनन्। टी-२० मा भने काेहली पहिलाेचाेटी कप्तानी सम्हाल्दैछन्। 

युवराजकाे पुनरागमन

काेहलीले कप्तानी गर्ने इङ्ल्याण्डविरूद्धका तीन वटा टी-२० मा युवराज सिंहले पुनरागमन गरेका छन्। बिसिसीअार्इले सार्वजनिक गरेकाे इङ्ल्याण्डविरूद्ध खेल्ने टी-२० खेलाडीहरूकाे सूचीमा युवराज पनि अँटाएका हुन्। युवराज चार वर्षपछि भारतीय टी-२० मा पुनरागमन गरेका हुन्। यसै वर्ष बिहे गरेका युवराजलार्इ टिम छनाैटकर्ताहरूले पुनरागमन गराउँदै उनलार्इ शुभकामना दिएका छन्। 

घरेलु क्रिकेटमा लगातार राम्राे प्रदर्शन गर्नु उनी टिममा पुनरागम हुने प्रमुख अाधार बन्याे। रण जी ट्रफीका उनले खेलेका ८ खेल ७ सय २४ रन जाेडेका थिए। जसमा उनले एउटै पारीमा दुर्इ सय ६० रन तथा १ सय ७७ रन पनि बनाएका थिए। 

 

More form the Internet

loading...