Suvadin, Home

विराटकाे ‘शून्यमा अाउट’ कहानी

भारत र अष्ट्रेलियाबीच जारी पूर्ण टेस्टमा कप्तान विराट काेहली शून्यमा भएका छन्। भारतीय क्रिकेट टिमकाे उत्कृष्ट लयमा रहेका विराटलार्इ मिचेल स्टार्कले शून्यमा पबेलियन फर्काएका हुन्। दाेस्राे बल खेलिरहेका विराटलार्इ स्टार्कले ह्याट्सक्लबकाे हातबाट क्याच गराएका थिए।
इण्डिया र अष्ट्रेलियाकाे पूर्णेमा जारी टेष्ट सिरिजका क्रममा कप्तान विराट काेहली। तस्बिर: क्रिकइन्फाे।

काठमाडाैं, फागुन १३ - भारत र अष्ट्रेलियाबीच जारी पूर्ण टेस्टमा कप्तान विराट काेहली शून्यमा भएका छन्। भारतीय क्रिकेट टिमकाे उत्कृष्ट लयमा रहेका विराटलार्इ मिचेल स्टार्कले शून्यमा पबेलियन फर्काएका हुन्। दाेस्राे बल खेलिरहेका विराटलार्इ स्टार्कले ह्याट्सक्लबकाे हातबाट क्याच गराएका थिए।

विराट १ सय ४ इन्टरनेशल खेलपछि शून्यमा अाउट भएका हुन्। अन्तिमपटक उनी सन् २०१४ मा भएकाे कार्डिफ वान डे मा खाता नखाेल्दै अाउट भएका थिए। इङ्ल्याण्ड भम्रणमा रहेकाे भारतीय टाेलीबाट विराटले उक्त भम्रणका १५ खेलमा तीन पटक खाता नै नखाेलेर अाउट भएका थिए।

क्रिकेटका तीन वटै संरचनामा विराटकाे त्यसपछि याे पहिलाे शन्यमा अाउट हाे। उनीअघि भारतका राहुल डव्रिड लगातार १ सय ७३ खेल्दासम्म शून्यमा अाउट भएका थिएनन्। त्यस्तै, सचिन तेन्दुल्करले १ सय ३६ इनिङसम्म सक्दा शून्यमा अाउट हुनुपरेकाे थिएन। 

टेस्टकाे मात्र कुरा गर्ने हाे भने, भारतले खेलेकाे ट्रैफर्ड टेस्टपछि ४५ पारी खेलिसक्दा विराट शून्यमा अाउट भएकाे याे पहिलाेपटक हाे। घरेलु मैदानमा टेस्टमा शून्यमा अाउट भएका भने उनी पहिलाे पटक हुन्।

विराटलार्इ हालसम्म वेस्टइंडीजका रवि रामपाल, अष्ट्रेलियाका बेन हिलफेनहास, इंग्लैंडका लियाम प्लनकेट,  इङ्ल्याण्डका जेम्स एडरसन र जारी टेष्टमा अष्ट्रेलियाका मिशेल स्टार्कले मात्र शून्यमा अाउट गर्न सकेका छन्।


 

More form the Internet

loading...