Suvadin, Home

क्यानकाे विवाद समाधानमा शुभ संकेत!

निर्वाचित क्यानको प्रतिनिधित्व सुनिश्चित हुन नसक्दा सल्लाहकार समिति पनि अन्यौलमा थियो। तर, आईसीसीका हेड अफ ग्लोबल डेभलपमेन्ट विलियम ग्लेनराइटसहित आइतबारको बैठकमा निर्वाचित क्यान पदाधिकारीलाई पनि समावेश गर्ने निर्णय भएको खबर सार्वजनिक गरिएको छ। जसले क्यान विवाद समाधानले गति लिने शुभसंकेत दिएको छ। बैठकले निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल सल्लाहकार समितिमा ल्याइने भएको छ।
सल्लाकार समितिमा नवप्रवेशी चन्द र प्याकुरेल।

काठमाडाैं, फागुन ९


विश्व क्रिकेट परिषद आईसीसीले वैशाख १३ गते नेपाल क्रिकेट संघ क्यानमा सरकारी हस्तक्षेप भएको, स्वतन्त्र र निष्पक्ष चुनाव नगरेर धारा २,९ मिचेको आरोपमा क्यानलाई निलम्बित गर्यो। क्यान निलम्बनमा परेपछि त्यसको सोझो असर नेपाली क्रिकेटलाई पर्यो। परिणाम स्वरुप नेपाली क्रिकेट अस्तव्यस्त बन्यो।

निलम्बन अघि २०७२ मंसिरमा चतुरबहादुर चन्दलाई अध्यक्षमा चुनेर क्यानको निर्वाचन भएको भएको थियो। क्यानका तत्कालीन अध्यक्ष टंक आङ्बुहाङको टोलीले क्यानको उक्त सभा बहिष्कार गर्दै राखेपमा उजुरी गरेपछि आफ्नो स्वीकृति बिना भएको चुनावलाई नमानेका कारण सरकारले त्यसलाई मान्यता दिएन।

अर्काे महिना राष्ट्रिय खेलकुद परिषदले क्यानका पूर्वउपाध्यक्ष रमेश सिलवालको अध्यक्षतामा अर्को क्यान तदर्थ समिति गठन गर्यो। त्यसविरुद्व चतुरबहादुर चन्द नेतृत्वको क्यानले सर्वोच्च अदालतमा मुद्दा हाल्यो। थियो, जसको अझै फैसला भएको छैन। त्यसपछि विवादित घेरामा जकडिएको क्यानलाई आईसीसीले निलम्बन गर्यो।

क्यानमा अन्यौलता छाएपछि निकास दिने भन्दै आईसीसीले पहल थाल्यो र परिणाम स्वरुप असोज २० गते एडभाइजरी कमिटी निर्माण गरियो।

जसमा क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे, पूर्वकप्तान पवन अग्रवाल, पूर्वकार्यवाहक अध्यक्ष दीपक कोइराला, खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेल लगायत सदस्य थिए भने आइसीसीका फाइनान्स मेनेजर अमर शेखले सल्लाहकार समितिको संयोजन गर्ने निर्णय भयो।

त्यसको अघिल्लो महिना आइसीसीका कार्यकारी प्रमुख डेभिड रिचार्डसनको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल तथा खेलकुद मन्त्रालय र राखेपको पदाधिकारीसँग भेट गर्दै नेपाली क्रिकेट विवाद समाधानका लागि राष्ट्रिय क्रिकेट बोर्ड गठन गर्ने र त्यसका लागि सल्लाहकार समिति बनाउने सहमति भएको हो।

तर, निर्वाचित भनिएका क्यानका सदस्यहरुले त्यसबेला उक्त समितिमा नबस्ने निर्णय गरेका थिए। आफूहरु नै वैधानिक क्यान भएकाले समितिमा नबसेको निर्वाचित क्यानका महासचिव अशोक नाथ प्याकुरेलले बताएका थिए।

निर्वाचित क्यानको प्रतिनिधित्व सुनिश्चित हुन नसक्दा सल्लाहकार समिति पनि अन्यौलमा थियो। तर, आईसीसीका हेड अफ ग्लोबल डेभलपमेन्ट विलियम ग्लेनराइटसहित आइतबारको बैठकमा निर्वाचित क्यान पदाधिकारीलाई पनि समावेश गर्ने निर्णय भएको खबर सार्वजनिक गरिएको छ। जसले क्यान विवाद समाधानले गति लिने शुभसंकेत दिएको छ।

बैठकले निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल सल्लाहकार समितिमा ल्याइने भएको छ। तर, उनीहरुलाई निर्वाचित क्यानको तर्फबाट नभई स्वतन्त्र व्यक्तिका रुपमा कमिटीमा ल्याउने बैठकमा छलफल भएको सदस्य रोहित दाहालले जानकारी दिए। आईसीसीले उनीहरुलाई सदस्यका रुपमा नियुक्त भएको पत्र दिएपछि उनीहरु औपचारिक रुपमा सल्लाहकार समितिका सदस्य हुने दाहालले बताए।

'क्यानलाई अन्यौलताबाट निकास दिन यो कदम आवश्यक थियो,' दाहालले भने, 'सबै सरोकारबाला पक्ष समेटिँदा नेपाली क्रिकेटले छिटो निकास पाउने आशा गरिएको छ।'

आईसीसीले समितिलाई मुख्य रुपमा विधान बनाउने तथा निर्वाचन गर्ने जिम्मेवारी तोकेको जनाउँदै दाहालले भने 'अब बनेको ८ सदस्यीय कमिटी सोही जिम्मेवारी पूरा गर्न लाग्नेछ।'

आईसीसीका प्रतिनिधl ग्लेनराइटसहित आइतबार काठमाडौंमा भएको बैठकमा आईसीसीका एकाउन्ट शाखाका प्रमुख अमर शेख, सल्लाहकार समितिका चूडामणि पौडेल, पवन अग्रवाल र रोहित दाहाल सहभागी थिए। आइसिसीले एड्भाइजरी कमिटीलाई जुन २७ गतेसम्मको म्याद दिएको थियो।


 

More form the Internet

loading...