Suvadin, Home

'अाइसिसीले निलम्बन फुकुवा गर्ने संकेत दिएकाे छ'
जुन महिनाबाट क्यानको निलम्बन हट्ने बिष्टकाे विश्वास

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले आगामी जुनबाट नेपाल क्रिकेट संघ क्यानको निलम्बन हट्ने दाबी गरेका छन्। एसिसी इमर्जिङ टिम्स् कप खेल्न शनिबार बंगलादेश प्रस्थान गर्न लागेको राष्ट्रिय टोलीको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव बिष्टले सो कुरा दोहोर्याएका हुन्। ‘जुनको मिटिङबाटै क्यानको निलम्बन फुकुवा हुनेछ,' सदस्य सचिव बिष्टले भने, ‘कसरी फुकुवा गर्ने भन्ने विषयमा हामी प्रक्रियामा गइसकेका छौं।’ चैत्र पहिलो साता बसेको आइसिसीका प्रतिनिधि सहितको सल्लाहकार समितिको बैठकपछि क्यानको निलम्बन फुकुवातर्फ अघि बढेको थियो।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट। तस्बिरः शुभदिन

Author's Commentary

अाशा छ, सदस्य सचिब ज्युले दाबी गर्नु भएसँगै जुनमै क्यानकाे निलम्बन खारेज हाेस।

Suvadin Media |

काठमाडौं, चैत्र १३ - राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले आगामी जुनबाट नेपाल क्रिकेट संघ क्यानको निलम्बन हट्ने दाबी गरेका छन्। एसिसी इमर्जिङ टिम्स् कप खेल्न शनिबार बंगलादेश प्रस्थान गर्न लागेको राष्ट्रिय टोलीको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव बिष्टले सो कुरा दोहोर्याएका हुन्। 

‘जुनको मिटिङबाटै क्यानको निलम्बन फुकुवा हुनेछ,' सदस्य सचिव बिष्टले भने, ‘कसरी फुकुवा गर्ने भन्ने विषयमा हामी प्रक्रियामा गइसकेका छौं।’ चैत्र पहिलो साता बसेको आइसिसीका प्रतिनिधि सहितको सल्लाहकार समितिको बैठकपछि क्यानको निलम्बन फुकुवातर्फ अघि बढेको थियो। उक्त बैठकले क्यानको नयाँ बन्न लागेको विधानमा प्रारम्भिक छलफल सुरु गरेको थियो। 

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको खेलका क्रममा काठमाडौंमा आएका आइसिसीका प्रतिनिधिहरूले नयाँ विधान बारेकाे छलफल सकरात्मक रूपमाअघि बढेको देखेपछि नेपालमाथि लगाउँदै आएको निलम्बन फुकुवा गर्ने संकेत दिएका थिए। नयाँ विधानलाई अन्तिम रुप दिँदै जतिसक्दो चाँडो चुनाव भएमा क्यान निलम्बन फुकुवा हुने देखिएको छ।

विश्व क्रिकेट परिषद आइसिसीले वैशाख दोस्रो साता क्यानमा सरकारी हस्तक्षेप भएको, स्वतन्त्र र निष्पक्ष चुनाव नगरेर धारा २.९ मिचेको आरोपमा क्यानलाई निलम्बित गरेको थियो। त्यसयता नेपाली क्रिकेटको आधिकारिक निकाय क्यानले कुनै पनि गतिविधी गर्न पाएको छैन। आइसिसीले प्रदान गर्ने झण्डै १० करोड अनुदान पनि रोकेको छ।

टिकटबाट उठेको पैसाबाट खेलाडी तथा कर्मचारीको भत्ता

सोही कार्यक्रममा सदस्य सचिव बिष्टले क्यान निलम्बनमा परेपछि लामो समयदेखि राेकिएकाे खेलाडी तथा कर्मचारीहरुले तलब भत्ताका लागि आइसिसीसँग पत्राचार गरिसकेको बताएका छन्।

'केन्याविरुद्धमा र त्यसअघिको खेलमा पनि टिकटबाट लाखाै रूपैयाँ उठेकाे छ, आइसिसीले सबै खेलबाट उठाएको रकमबाट खेलाडी तथा कर्मचारीको भत्ता उपलब्ध गराउनुपर्छ,' उनले भने, 'तुरुन्त उक्त रकम निकासा गराउन मैले आइसिसीलाई पत्राचार गरिसकेको छु।'

क्यानको निलम्बन फुकुवा हुनुअघि नै पैसा निकासा हुने उनको दाबी छ। ‘नेपालमा भएको अन्तर्राष्ट्रिय खेलबाट उठेको रकम कसैको व्यक्तिगत खातामा पैसा रहनु हुँदैन,’ उनले भने ‘आइसिसीले अन्य पैसा रोकेको भएपनि टिकट कलेक्सनको पैसा निकासी गरी चाँडै उपलब्ध गराउन हामीले पत्राचार गरिसकेका छौं।’

नयाँले पूरानालाई विस्थापित गर्नु प्रकृतिको नियम

इमर्जिङ टिम्स् कप खेल्न बंगलादेश जान लागेको टोलीमा नयाँ खेलाडीहरुले मौका पाएको खुशी व्यक्त गर्दै सदस्य सचिव बिष्टले, ‘नयाँले पूरानालाई विस्थापित गर्नु प्रकृतिको नियम भएको बताएका छन्।

‘नयाँसँग नयाँ शक्ति र भरोशा पनि जोडिएको हुन्छ,' उनले भने, 'नयाँ खेलाडी नयाँ जोसका साथ आउँछन्, र त्यसलाई प्रमाणित गर्नुपर्ने चुनौती पनि हुन्छ।’ नयाँ खेलाडीलाई चुनौतीको सामना गर्दै आफूलाई प्रमाणित गर्ने अवसर पनि भएको उनले बताएका छन्। 

बिष्टले इमर्जिङ टिम्स् कपमा सहभागी हुने टिमहरु नेपालभन्दा बलिया भएपनि उनीहरूले पनि क्रिकेट नै खेल्ने भएकाले हराउन सक्ने तागत नेपाली खेलाडीसँग पनि रहेको उद्घाेष गरेका छन्।

याे पनि पढ्नुहाेस्ः

इमर्जिङ कपमा उदीयमान खेलाडीको भराेषा

निलम्बन फुकुवाको बाटोमा नेपाली क्रिकेट


 

More form the Internet

loading...