Suvadin, Home

क्यास्पियन कपमा एरिष्टो, स्टेपिङ र पञ्चोदय विजयी

धनगढीमा जारी अन्तरविद्यालय क्रिकेट प्रतियोगिता क्यास्पियन कपको पाँचौ संस्करण अन्तरगत बिहीवार भएका खेलमा एरिष्टो, स्टेपिङ स्टोन र पञ्चोदय उच्च मावि विजयी भएका छन्। प्रतियोगिताको तेस्राे दिनको पहिलो खेलमा एरिष्टो इङ्लिस स्कूलले नवजीवन माविलार्इ ६ विकेटले पाखा लगायो। टस जितेर ब्याटिङ गरेको नवजीवनले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ५४ रन बनायो।
क्रिकेट खेल्दै एक बालक। तस्विर:एजेन्सी

काठमाडाैं, फागुन ५ - धनगढीमा जारी अन्तरविद्यालय क्रिकेट प्रतियोगिता क्यास्पियन कपको पाँचौ संस्करण अन्तरगत बिहीवार भएका खेलमा एरिष्टो, स्टेपिङ स्टोन र पञ्चोदय उच्च मावि विजयी भएका छन्।

प्रतियोगिताको तेस्राे दिनको पहिलो खेलमा एरिष्टो इङ्लिस स्कूलले नवजीवन माविलार्इ ६ विकेटले पाखा लगायो। टस जितेर ब्याटिङ गरेको नवजीवनले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ५४ रन बनायो।

५५ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको एरिष्टोले ४ ओभमार ४ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो। दोस्राे खेलमा स्टेपिङ स्टोनले धनगढी उच्च माबिलाई २५ रनले पराजित गरेको छ।

टस जितेर व्याटिङ गरेको स्टेपिङ स्टोनले निर्धारित १० ओभमार ९ विकेटको क्षतिमा ७५ रन बनायो। जवाफमा धनगढी उच्च माविले ८ ओभर खेल्दै सबै विकेटको क्षतिमा ५० रन मात्र बनाउन सक्यो ।

आजै भएको तेश्रो तथा अन्तिम खेलमा पञ्चोदय उच्च माविले गार्डेन स्कूललाई ७८ रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर व्याटिङ गरेको पञ्चोदयले निर्धारित १० ओभरमा ४ विकेटको क्षतिमा एक सय २८ रन बनायो।

एक सय २९ रनको  विजयी लक्ष्यसहित मैदान उत्रिएको गार्डेनले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ५० रन मात्रै बनाउन सक्यो।

८ कक्षासम्मका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरिने क्यास्पियन कपमा धनगढी, अत्तरियालगायतका क्षेत्रका २० वटा विद्यालयको सहभागिता रहेको आयोजक क्यास्पियन एकाडेमीले जनाएको छ। प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेताले १० हजारसँगै ट्रफी र प्रमाणपत्र पाउने छन्।


 

More form the Internet

loading...