Suvadin, Home

शीर्ष स्थानकाे चेल्सी बर्नलीसँग बराबरीमा राेकियाे

चेल्सी विरूद्ध गाेल गरेपछि खुशी हुदै बर्नलीका रोबी ब्रेडी।

काठमाडाैं, फागुन २- लिग लिडर चेल्सीलाइ अाइतवार राति भएकाे खेलमा बर्नलीले बराबरीमा राेकेकाे छ। इंग्लिस प्रिमियर लिगमा चेल्सी बर्नलीसँग १ को बराबरीमा रोकिएकाे हाे। 

सिजनकाे उत्कृष्ट लयमा रहेकाे चेल्सीका पेड्राेले खेलकाे सातौं मिनेटमा गाेल गर्दै सुरूवाती अग्रता दिलाएका थिए। त्यसबाहेक चेल्सीले बल जालि चुमाउन सकेन्। बर्नलीकाे घरेलु मैदानमा भएको खेलमा पहिलाे हाफमै उसले बराबरी गाेल फर्कायाे। २४ २४ औं मिनेटमा रोबी ब्रेडीले गाेल गर्दै घरेलु दर्शकलाइ उत्साहित तुल्याएका थिए।

चेल्सीका डिएगो कोस्टाले दुई पटक गोलकाे प्रयास गरेका थिए तर उनी सफल हुन सकेनन्। बराबरीपछि शीर्ष स्थानको चेल्सीको २५ खेलबाट ६० अंक भएको छ। चेल्सी दोस्रो स्थानको टोटनह्यामभन्दा १० अंकले अघि छ । बर्नली २५ खेलबाट ३० अंकसहित तालिकाको १२ औं स्थानमा छ ।

खेलकाे हाइलाइट्स:-

 


 

More form the Internet

loading...