Suvadin, Home

राष्ट्रिय टाेलीकाे अन्तिम बन्द प्रशिक्षण सुरू

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलको तयारीको लागि नेपाली टिमले अाइतबारबाट कीर्तिपुर मैदानमा बन्द प्रशिक्षण सुरू गरेकाे छ। प्रारम्भिक २४ जना खेलाडीहरूका साथ बन्द प्रशिक्षण सुरू गरिएकाे हाे। यसअघि सुपरलिगमा ५२ जना खेलाडीहरू समावेश गरिएकाे थियाे। त्यसबाट ३२ जनालार्इ छनाैट गरी श्रीलंकालार्इ विश्ववबिजेता बनाएका प्रशिक्षक डेभ वाटमाेरबाट हाइपर्फमेन्स क्याम्प अायाेजना गरिएकाे हाे। दुर्इ हप्ताकाे साे क्याम्प समावेश गरिएका खेलाडीहरूबाट २४ जना छनाैट गर्दै अाइतबारबाट बन्द प्रशिक्षण सुरू गरिएकाे हाे।
नेपाली राष्ट्रिय टाेलीका सदस्यहरू। फाइल तस्बिर

 काठमाडाैं, फागुन १ - विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलको तयारीको लागि नेपाली टिमले अाइतबारबाट कीर्तिपुर मैदानमा बन्द प्रशिक्षण सुरू गरेकाे छ। प्रारम्भिक २४ जना खेलाडीहरूका साथ बन्द प्रशिक्षण सुरू गरिएकाे हाे।

यसअघि सुपरलिगमा ५२ जना खेलाडीहरू समावेश गरिएकाे थियाे। त्यसबाट ३२ जनालार्इ छनाैट गरी श्रीलंकालार्इ विश्ववबिजेता बनाएका प्रशिक्षक डेभ वाटमाेरबाट हाइपर्फमेन्स क्याम्प अायाेजना गरिएकाे हाे। दुर्इ हप्ताकाे साे क्याम्प समावेश गरिएका खेलाडीहरूबाट २४ जना छनाैट गर्दै अाइतबारबाट बन्द प्रशिक्षण सुरू गरिएकाे हाे।

यस बन्द प्रशिक्षणमा सहभागी खेलाडीहरूबाट अन्तिम टिमकाे टुंग्याे लाग्नेछ। बन्द प्रशिक्षणमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बिनोद भण्डारी, शरद भेसावकर, आसिफ शेख, अमित श्रेष्ठ, सुशन भारी, दिलिप नाथ, मेहबुब आलम, राजेश पुलामी मगर, करन केसी, आरिफ शेख, सागर पुन, भुवन कार्की, कुशल भुर्तेल, बिक्रम सोब, सन्दिप लामिछाने, अविनाश कर्ण, सोमपाल कामी, सुनील धमला, दीपेन्द्र ऐरी, बसन्त रेग्मी तथा दीपेश श्रेष्ठ रहेका छन्।

केन्याविरूद्ध नेपालले यही फाल्गुन २८ र ३० गते किर्तिपुर मैदानमा खेल्नेछ। प्रतियोगितामा सहभागी आठ टोलीमध्ये शीर्ष चार टोलीहरूले सन् २०१८ मा हुने विश्वकप छनौट खेल्ने पाउनेछन्। सो सम्भावना जीवितै राख्न नेपालका लागि केन्यासँगका दुई खेल घरेलु मैदानमा जित्नैपर्ने दबाब छ।

हाल अंक तालिकाकोे छैठौं स्थानमा रहेको नेपाललाई शीर्ष चारमा पुर्याउन केन्यासँगको जित सञ्जिविनी बन्नसक्छ। यसपछिका खेलहरू नेपालले विदेशी भूमिमा खेल्नुपर्नेछ। घरेलु मैदान र घरेलु समर्थकका बीच यसअघि वैशाखमा भएको नामिबियाविरुद्धको खेलमा नेपालले दुबै खेलमा जित हात पारेको थियो।


 

More form the Internet

loading...