Suvadin, Home

नेपाली क्रिकेटकाे सुखद यात्रा
इमर्जिङ कपमा उदीयमान खेलाडीको भराेषा

युवा खेलाडी दीपेन्द्रसिंह ऐरीले केन्याविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेसँगै पारस खड्काको स्थानमा उनी ब्याटिङ गर्न आउने पक्का छ। त्यस्तै, ओपनर सुनिल धमला पुनः आफूलाई प्रमाणित गर्ने प्रतिक्षामा छन् भने भुवन कार्की तथा सुसन भारीले शक्ति गौचन र बसन्त रेग्मीको अभाव पूर्ति गर्न पुनरागमन गर्ने विश्वास लिएका छन्। 'नेपाली क्रिकेटको भविष्य सुनिश्चित गर्न हामीले युवा खेलाडीहरुलाई बढीभन्दा बढी मौका दिनुपर्छ,' राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा भन्छन्, 'उनीहरुलाई इमर्जिङ कपमा मौका मिलेको छ, आफूले पाएको मौकाले सदुपयोग गर्नेछन् भन्नेमा म विश्वस्त छु।'
नेपाली राष्ट्रिय टिममा डेब्यु गर्न प्रतिक्षारत खेलाडी अाशिफ, दीपेश र दिलीप र सुनिल धमला। तस्बिरः शुभदिन

Author's Commentary

इमर्जिङ कप युवा खेलाडीका लागि चम्किने अवसर बन्न सक्छ। अाफूले पाएकाे माैकाकाे पूर्ण सदूपयाेग गर्न सकुन्, शुभकामना।

Suvadin Media |

काठमाडौं, चैत्र ११ - आगामी शनिबारदेखि बंगलादेशमा हुने एसिसी इमर्जिङ टिम्स् कपमा प्रतिष्पर्धा गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली तयार छ। यसपटक ईमर्जिङ कपमा नेपाली राष्ट्रिय टोलीमा युवा खेलाडीहरूलाई मौका दिइएको छ।

युवा खेलाडीहरूले टिममा मौका पाउनुलाई नेपाली क्रिकेटमा नयाँ पुस्ताको आगमन तथा उनीहरुलाई नेपाली क्रिकेटको भविष्यका रुपमा हेरिएको छ। आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत गत फागुन २८ र ३० गते कीर्तिपुर मैदानमा भएको केन्याविरुद्धको खेल लगत्तै घाेषणा गरिएको इमर्जिङ कप खेल्ने खेलाडीहरुको सूचीमा केही सिनियर खेलाडीलाई आराम दिएर युवा खेलाडीहरुलाई मौका दिइएको छ।

राष्ट्रिय टिमका नियमित कप्तान पारस खड्काले अस्वस्थताका कारण नखेल्ने निश्चित भएकाे थियाे। भेट्रान स्पिनरद्वय शक्ति गौचन र बसन्त रेग्मीलाई पनि आराम दिइएको थियो। तीव्र बलर सोमपाल कामीका स्थानमा पनि युवा खेलाडीलाई मौका दिइएको हाे।

उनीहरुको स्थानमा नेपाली टिमको अभाव पूर्ति गर्न युवा स्पिनरद्वय भुवन कार्की र सुसन भारीसहित मध्यम् गतिका बलर दीपेश श्रेष्ठ, विकेटकिपर व्याट्सम्यान आसिफ शेखसहितका नयाँ अनुहार टिममा समावेश गरिएको थियो। उनीहरु बाहेक टिममा यसअघि केन्याविरुद्धकाे खेलमा डेब्यु गरेका सुनिल धमला र दीपेन्द्र सिंह ऐरी बंगलादेश जाँदैछन्।

इमर्जिङ कपका लागि घोषित सूचीमा तीन नयाँ खेलाडीले पहिलाेपटक टिममा अवसर पाएका हुन्। १५ सदस्यीय नेपाली राष्ट्रिय टिममा विकेटकिपर व्याट्सम्यानद्वय आसिफ शेख र दिलीप नाथ तथा मिडियम पेस बलर दीपेश श्रेष्ठले पहिलोपटक राष्ट्रिय टिममा माैका पाएका हुन्। 

‘केन्याविरुद्धको खेलमा अन्तिम १९ सम्म परेर पनि राष्ट्रिय टिममा पर्न नसक्दा केही दुख लागेको थियो,’ युवा खेलाडी आसिफले शुभदिनसँग भने, ‘तर, आशा र मेहनत भने छाडेको थिइन, युवा खेलाडीहरुलाई मौका दिइनुपर्छ, प्रशिक्षक तथा कप्तानले हामीलाई अवसर दिनुभएको छ, यस अवसरलाई सदुपयोग गर्दै नेपाली टिमका लागि भरपुर प्रयास गर्नेछु।’

नेपाली राष्ट्रिय टिममा ओपनर जोडिको समस्या पूरानै हो। पछिल्लो समय नेपाली राष्ट्रिय टोलीमा ज्ञानेन्द्र मल्ल र सुनिल धमलाले ओपनिङ गर्दै आएका छन्। यसअघि भएकोे एभरेष्ट प्रिमियर लिगमा शरद भेषवाकरको नेतृत्वमा रहेको पञ्चकन्या तेजका लागि फाइनलमा शतक प्रहार गर्दै नेपाली क्रिकेटमा छाएका आसिफ ओपनिङ व्याट्सम्यान हुन्। 

सुनिल धमलाले केन्याविरुद्धको खेलमा गतिलो ओपनिङ गर्न सकेका थिएनन्। उक्त सन्दर्भमा टिमले ज्ञानेन्द्रको जोडीका रुपमा आसिफलाई ओपनिङमा डेब्यु गराउन सक्ने सम्भावना पनि प्रबल छ। ‘त्यसो भयो भने मेरा लागि अवसर र चुनौती दुवै हुनेछ,’ आसिफले भने, ‘टिमले मलाई दिएको जिम्मेवारी पुरा गर्ने कोसिस गर्नेछु र आफ्नो नियमित अट्याकिङ गेम खेल्ने छु।’

विकेटकिपर ब्याट्सम्यान दिलीप नाथलाई पनि केन्या विरुद्ध नेपाली टोलीमा डेब्यु गर्न सक्ने खेलाडीको रुपमा हेरिएको छ। बिहीबार नेपाली राष्ट्रिय क्रिकेट टोली किर्तीपुरमा अभ्यास गरिरहँदा दिलीप ग्लोब्स लगाई विकेटका पछाडि उभिएका थिए।

उनले पनि केन्यासँगको खेलमा नेपाली राष्ट्रिय टिमका लागि अन्तिम १९ सम्म स्थान बनाएका थिए। ‘पहिलो पल्ट राष्ट्रिय टिममा परेको छु, उत्साहित छु पनि छैन पनि,' दिलीपले भने, ‘केन्याविरुद्धको खेलमा म टिमको वैकल्पिक सूचीमा थिए, त्यसैले टिममा भएजस्तै महसुस भएको थियो।’

केन्याविरुद्धको खेलमा नेपालको विकेट पछाडिको जिम्मेवारी विनोद भण्डारीले सम्हालेका थिए। हाल उनी पनि टिम रहेको र आसिफ सेखले पनि उक्त भूमिका निर्वाह गर्नसक्ने भएकाले राष्ट्रिय टिममा पुर्न उनका लागि चुनौती हुनसक्छ, तर पनि मौका पायो भने आफूलाई प्रमाणित गरेर देखाउने उनी बताउँछन्।

मिडियम पेश बलर दीपेश केन्याविरुद्धको राष्ट्रिय खेलाडी छनौटमा अन्तिम २५ जनाको खेलाडी सूचीमा अटाएका थिए। तर, मेहबुव आलमसँगै सोमपाल कामीले नेपाली पेश बलिङको कमान सम्हाल्ने भएपछि उनी त्यसपछिकाे सूचीमा अटाएनन्। तर, इमर्जिङ कपमा सोमपाल कामीलाई आराम दिइएपछि पेश बलरका रूपमा राष्ट्रिय टोलीबाट उनकाे डेब्यु हुनसक्ने सम्भावना प्रबल छ।

आफ्नो डेब्युकाे सम्भावनाबारे दीपेश भन्छन्, ‘हरेक खेलाडीको राष्ट्रिय टिमबाट खेल्ने चाहना त हुन्छ नै, तर टिमले मलाई आवश्यक ठान्यो भने टिमको विश्वास जित्ने पुरै कोशिस गर्नेछु।’

त्यस्तै, अर्का युवा खेलाडी दीपेन्द्रसिंह ऐरीले केन्याविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेसँगै पारस खड्काको स्थानमा उनी ब्याटिङ गर्न आउने पक्का छ। त्यस्तै, ओपनर सुनिल धमला पुनः आफूलाई प्रमाणित गर्ने प्रतिक्षामा छन् भने भुवन कार्की तथा सुसन भारीले शक्ति गौचन र बसन्त रेग्मीको अभाव पूर्ति गर्न पुनरागमन गर्ने विश्वास लिएका छन्।

'नेपाली क्रिकेटको भविष्य सुनिश्चित गर्न हामीले युवा खेलाडीहरुलाई बढीभन्दा बढी मौका दिनुपर्छ,' राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा भन्छन्, 'उनीहरुलाई इमर्जिङ कपमा मौका मिलेको छ, आफूले पाएको मौकाले सदुपयोग गर्नेछन् भन्नेमा म विश्वस्त छु।' उनले हाल टिममा रहेका सिनियर खेलाडीहरुले पनि यस्तै मौका पाएर टिममा आएका उल्लेख गर्दै थपे, 'इमर्जिङ कप नयाँ युवा खेलाडीका लागि आफु चम्कने अवसर बन्न सक्छ।'

इमर्जिङ टिम्स् कप मार्च २५ देखि अप्रिल ४ सम्म बंगलादेशमा हुँदैछ। इमर्जिङ टिम्स् कपमा नेपालसहित अन्तर्राष्टिय क्रिकेट परिषद् आइसिसीका एसोसिएट सदस्य अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टिम सहभागी छन्। उनीहरूले टेस्ट टिम भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका यु–२३ टिमसँग प्रतिस्पर्धा गर्नेछन्।


 

More form the Internet

loading...