Suvadin, Home

दाङद्वारा अजमवाद ४ विकेटले पराजित

कपिलवस्तुमा जारी इण्डाे नेपाल क्रिकेट प्रतियाेगिता बिहीबार सम्पन्न खेलमा दाङले भारतकाे अजमवादलार्इ ४ विकेटले पराजित गरेकाे छ। पहिले ब्याटिङ गरेकाे अजमवादले निर्धारित अाेभरमा ९ विकेट गुमाएर १ सय २ रन बनायाे। उसका जहिद अहमदले १८ तथा अारपी यादवले १७ रनकाे पारी खेले।
खेलअघि वार्मअप गर्दै बिजेता दाङकाे टिम।

काठमाडाैं, माघ २७ - कपिलवस्तुमा जारी इण्डाे नेपाल क्रिकेट प्रतियाेगिता बिहीबार सम्पन्न खेलमा दाङले भारतकाे अजमवादलार्इ ४ विकेटले पराजित गरेकाे छ। पहिले ब्याटिङ गरेकाे अजमवादले निर्धारित अाेभरमा ९ विकेट गुमाएर १ सय २ रन बनायाे। उसका जहिद अहमदले १८ तथा अारपी यादवले १७ रनकाे पारी खेले।

दाङका सन्दिप सुनार र संकल्पले समान ३/३ तथा प्रिन्स शाहीले २ विकेट लिए। जवाफी ब्याटिङमा दाङले १४.३ अाेभरमा ६ विकेट गुमाएर लक्ष्य भेटायाे। दाङका लागि अजय सिंहले २८ तथा सन्दीप सुनारले २९ रनकाे इनिङ खेले।

अजमवादका अारपी यादवले २ विकेट लिए। खेलकाे म्यान अफ द म्याच दाङका सन्दिप सुनार भए। प्रतियाेगितामा शुक्रवार भैरहवा र लखनउ विच प्रतिस्पर्धा हुने अायाेजकले जनाएकाे छ।

 

 


 

More form the Internet

loading...