Suvadin, Home

एपी वानबाट लाइभ हुने
डिपिएल क्रिकेटकाे खेल तालिका सार्वजनिक

खेल तालिका अनुसार चैत्र २८ गते हुने उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको सिवाइसी अत्तरिया र बसन्त रेग्मी नेतृत्वको काठमाडौं गोल्डेन्स् आमनेसामने हुने भएका छन्। त्यसअघि चैत्र २७ गते नेपाल-११ र धनगढी-११ बीच च्यारिटी खेलको आयोजना गर्दै प्रतियोगिताको सुरुवात हुने अायाेजक धनगढी क्रिकेट एकेडेमीले जनाएकाे छ। जसमा नेपाली राष्ट्रिय टिम र धनगढी-११ का खेलाडीहरूको सहभागिता रहने छ। उक्त खेलको टिकटबाट उठेको पैसा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा सहयोग गरिने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताएका छन्।

काठमाडाै, चैत्र ८ - बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डिपिएलको खेल तालिका सार्वजनिक भएको छ। आयोजक धनगढी क्रिकेट एकाडेमीले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो। 

खेल तालिका अनुसार चैत्र २८ गते हुने उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको सिवाइसी अत्तरिया र बसन्त रेग्मी नेतृत्वको काठमाडौं गोल्डेन्स् आमनेसामने हुने भएका छन्। त्यसअघि चैत्र २७ गते नेपाल-११ र धनगढी-११ बीच च्यारिटी खेलको आयोजना गर्दै प्रतियोगिताको सुरुवात हुने अायाेजक धनगढी क्रिकेट एकेडेमीले जनाएकाे छ।

जसमा नेपाली राष्ट्रिय टिम र धनगढी-११ का खेलाडीहरूको सहभागिता रहने छ। उक्त खेलको टिकटबाट उठेको पैसा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा सहयोग गरिने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताएका छन्। 

प्रतियोगितामा २८ गते दिउँसो शक्ति गौचन नेतृत्वको रुपेन्देही च्यालेन्जर्स् र विनोद भण्डारी नेतृत्वको कञ्चनपुर आइकोनिक आमनेसामने हुने भएका छन्। २९ गते विहान शरद भेषवाकर नेतृत्वको विराटनगर किंग्स् र पारस खड्का नेतृत्वको टिम चौहारा धनगढी आमनेसामने हुँदैछन्।

३० गते विहान अत्तरिया र रूपेन्देही, दिउसाे विराटनगर र काठमाडाैं, ३१ गते बिहान धनगढी र कञ्चनपुर दिउँसाे विराटनगर र अत्तरियाबीच खेल हुनेछ। प्रतियोगिताको फाइनल वैशाख ९ गते हुनेछ।

प्रतियाेगिताकाे विस्तृत खेल तालिका यस्ताे छः

एपी वानबाट लाइभ हुने

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको ब्रोडकास्ट पार्टनरका रुपमा अन्नपुर्ण मिडिया प्रालिले सञ्चालन गर्दै आएको एपी वान टेलिभिजन रहने भएको छ। अन्नपुर्ण र धनगढी क्रिकेट एकाडेमीबीच भएको सम्झौता अनुसार डिपिएलका सबै खेलको प्रत्यक्ष एपी वान टेलिभिजनबाट हुनेछ।

दुवै पक्षबीच भएको पाँच वर्षे सम्झौताअनुसार सगरमाथा सिमेन्ट डिपिएलको एपी वानले आवश्यक परेका बेला फुटेज, स्थानीय तथा राष्ट्रिय सञ्चारकर्मीलाई उपलब्ध गराउने सम्झौतामा उल्लेख छ। एपी वानले प्रत्येक खेलको प्रत्यक्ष प्रशारण सकिएपछि यथाशीघ्र अनलाइन तथा युट्युबमा खेलको भिडियो अपलोड गर्ने सम्झौता भएको छ।

साथै, एसीसी ईमर्जिङ टिम्स् कपका कारण सगरमाथा सिमेन्ट डिपिएलको पूर्वनिर्धारित कार्यक्रम प्रभावित भएको र यसअघि प्रत्यक्ष प्रशारण गरिने भनिएको डिस होम स्पोर्टस् च्यानलको पनि सगरमाथा सिमेन्ट डिपिएलको पूर्वनिर्धारित व्यस्त तालिकाले प्रत्यक्ष प्रसारण गर्न सम्भव नभएपछि एपी वान टेलिभिजनसँग सम्झौता भएको हो।


 

More form the Internet

loading...