Suvadin, Home

‘ओपनिङ फायर गन’ नपड्किँदा खेलाडी र प्रशिक्षक हैरान

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको एथ्लेटिक्स विधाका खेल सञ्चालन गर्न अनिवार्य सामग्री हो, ‘ओपनिङ फायर गन।’ खेल सुरुवातको जनाउ दिने यो फायर गन नपड्किँदा खेलाडी र निर्णायकहरू हैरान भएका छन्।
यसरी फायर गन पड्काएपछि एथ्लेटिक्स सुरू हुन्छ। तस्बिर : एजेन्सी

ध्रुव ढकाल, सुनसरी, पुस १४


सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको एथ्लेटिक्स विधाका खेल सञ्चालन गर्न अनिवार्य सामग्री हो, ‘ओपनिङ फायर गन।’ खेल सुरुवातको जनाउ दिने यो फायर गन नपड्किँदा खेलाडी र निर्णायकहरू हैरान भएका छन्।

११९९ को सार्क खेलकुदका लागि चीनबाट ल्याइएको यो गन काम नलाग्ने भएको छ। तर, अर्को विकल्प नभएपछि राष्ट्रिय खेलहरू यही नपड्किने गनले काम चलाउनु परेको छ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरान धेरै खेलाडीहरूले साधन स्रोतको अभावमा खेल्नुपर्ने बाध्यता छ। साधन स्रोतको अभावको यस्तै एउटा नमूना हो, ओपनिङ फायर गन। एथ्लेटिक्समा प्रयोग हुने यो गन पड्काएर खेलाडीलाई खेल सुरू भएको जनाउ दिइन्छ। यो गन पड्किएपछि त्यतिकै खेलाडी दौडन सुरू गर्दछन्। १७ वर्षअघिको यो गन पड्किन छोडेको धेरै भइसक्यो तर विकल्प नहुँदा जबरजस्ती प्रयोग गर्नुपर्ने बाध्यता छ।

खेलका दौरान धेरैपटक गन नपड्केर खेलाडी झुक्किएका छन्। कति खेलाडीहरू त यही कारणले आउट पनि भए। गन नपड्एि छि ‘टेक्निकल मिस्टेक भनेर’ टार्नुपर्ने बाध्यता रहेको प्रशिक्षक राकेश बज्रचार्यले बताए।

पटक–पटक दोहोर्याएर पड्काउनुपर्ने बाध्यता रहेको प्रशिक्षक बज्राचार्य बताउँछन्। समयमा गन नपड्किएपछि खेलाडीले जुन स्पिरिट लिएर दौडने सोच बनाएको हुन्छ त्यसमा असर पर्ने प्रशिक्षक बज्रचार्य बताउँछन्।

बज्रचार्यले छैठौं राष्ट्रिय खेलकुद प्रतियोगितमा पनि यही गन पड्काएका थिए। फलामको यो गनका भित्री औजारहरू खिइएर काम नलाग्ने भएका छन्। ‘स्लिप खाने, नपड्किने गरेको धेरै भइसक्यो,’ उनले भने।

१९९९ बाट सुरू भएको यो गनको यात्रा कहिले सकिने हो, त्यो कसैलाई थाहा छैन। सुरू–सुरूमा सामान्य प्रतियोगिता र अभ्यासमा पनि प्रयोग हुन्थ्यो। तर, अहिले वर्षमा दुईपटक राष्ट्रिय र अन्तराष्ट्रिय खेलमा मात्र पड्काउने गरिएको छ।

यो गनको विकल्प नखोजिएको होइन। तर, कसैले चासो नदिएको प्रशिक्षक राकेशले बताए। पहिले अर्को पनि यस्तै गन थियो। त्यो काम नलाग्ने भएपछि यसले काम चलाउनुपर्ने बाध्यता छ।

बीस वर्षदेखि राष्ट्रिय खेलकुद परिषदको स्टोर किपरको काम गर्दै आएका जीतबहादुर केसीले पटक–पटक माग फारम भरेर पठाए। तर, अहिलेसम्म कुनै पदाधिकारीले चासो नदिएको उनी बताउँछन्।


 

More form the Internet

loading...