Suvadin, Home

रूसलान कपमा पुलिस र हिमालय भिड्दै

काठमाण्डाैमा अाज (मंगलबार)देखि सुरू हुने दोस्रो रूसलान कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र हिमालयन क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्ने भएका छन्।कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने समूह ‘ए’ काे पहिलाे खेलमा पुलिस क्लब र हिमालयन क्रिकेट एकेडेमीसँग खेल्न लागेक हुन्।

काठमाडाैं, पुस २५ 


काठमाण्डाैमा अाज (मंगलबार)देखि सुरू हुने दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र हिमालयन क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्ने भएका छन्।कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने समूह ‘ए’ काे पहिलाे खेलमा पुलिस क्लब र हिमालयन क्रिकेट एकेडेमीसँग खेल्न लागेक हुन्।

यस्तै, प्रतियाेगिता अन्तर्गत दिउँसाे हुने अर्काे खेलमा त्रिभुवन आर्मी क्लबले न्यू राइजिङ स्टार क्लबको सामना गर्नेछ। प्रतियाेगितामा सहभागी १६ टिमहरूमध्ये समूह ‘ए’ मा पुलिस, हिमालयन एकेडेमी, हिमालयन ह्वाइट हाउस कलेज, पिसी फाइटर, न्यू होराइजन किकेट क्लब भैरहवा, कुलेश्वर क्रिकेट क्लब, नेपाली राइनोज, सशस्त्र प्रहरी बल (एपिएफ) छन् भने अर्काे समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, न्यू राइजिङ स्टार, खहरी क्रिकेट क्लब धादिङ, रोयल पिसी फाइटर, एसपिए धनगढी, अनुभूति एजुकेसन फाउन्डेसन वीरगन्ज, रुस्लान केसिटिसी र क्यानोन क्रिकेट क्लब रहेकाे अायाेजकले जनाएकाे छ।

प्रतियोगिताको बिजेताले तीन लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेताले दुई लाख रुपैयाँ पाउने छन्। त्यसैगरी, सेमिफाइनमा प्रवेश गर्ने दुई टोलीले जनही २५ हजार रुपैयाँ पाउने अायाेजक काठमाडाैं क्रिकेट ट्रेनिङ सेन्टरले जनाएकाे छ। 


 

More form the Internet

loading...