Suvadin, Home

फुटबलकाे विश्वकपमा अब सहअायाेजक राष्ट्र पनि

सहअायाेजकहरूसँग कम्तिमा पनि पाँच वटा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरका रंगशाला हुनुपर्नेमा इन्फान्टिनोले जाेड दिएका छन्। सहअायाेजक राखिनुपर्ने बताउँदै इन्फान्टिनोले जति बढी देशहरूलार्इ आयोजकका रूपमा सहभागी गराउन सकियाे त्यति फुटबलको विकास हुने बताएका छन्। 
फिफाकाे लाेगाे। तस्विर: एजेन्सी

काठमाडाैं, फागुन ६


सन् २०२६ देखिकाे विश्वकपमा सहअायाेजक राष्ट्र पनि सहभागी गराउनु पर्ने फिफा अध्यक्ष गिआनी इन्फान्टिनोले बताएका छन्। सन् २०२२ मा कतारमा हुने विश्वकपकाे तयारीकाे अवलाेकन गर्दै अध्यक्ष इन्फान्टिनोले यस्ताे धारणा राखेका हुन्।

विश्वकपकाे सहअायाेजकका रूपमा कम्तिमा तीनदेखि चार राष्ट्रसम्म राखिनुपर्ने धारणा उनले बताएका छन्। सहअायाेजकहरूसँग कम्तिमा पनि पाँच वटा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरका रंगशाला हुनुपर्नेमा इन्फान्टिनोले जाेड दिएका छन्। 

सहअायाेजक राखिनुपर्ने बताउँदै इन्फान्टिनोले जति बढी देशहरूलार्इ आयोजकका रूपमा सहभागी गराउन सकियाे त्यति फुटबलको विकास हुने बताएका छन्। साथसाथै उक्त देशकाे अार्थिक क्रियाकलाप चलायमान गर्न पनि मद्दत पुग्ने उनकाे धारणा छ।

हालसम्म विश्वकपमा एक पटक मात्रै दुर्इ राष्ट्रले सुयंक्त रूपमा प्रतियाेगिता अायाेजना गरेका छन्। सन् २००२ काे विश्वकप फुटबल जापार र दक्षिण काेरियाले संयुक्त रूपमा अायाेजना गरेका थिए।


 

More form the Internet

loading...