Suvadin, Home

प्रधानमन्त्रीद्वारा फुटबल खेलाडीलार्इ सम्मान

सरकारले एएफसी साेलिडारिटी कप फुटबल प्रतियाेगिता बिजेता नेपाली टाेलीलार्इ जनही तीन लाख रूपैयाँसहित सम्मान गरेकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार भएकाे एक कार्यक्रमका बीच खेलाडीहरू तथा प्रशिक्षकलार्इ सम्मान गरिएकाे हाे। प्रधानमन्त्री पुष्पकमल दाहाल र खेलकुद मन्त्री दलजीत श्रीपाइलीले खेलाडी र प्रशिक्षकलाई सम्मान गरेका हुन्।
खेलाडीलाइ सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल।

काठमाडाैं, फागुन २ - सरकारले एएफसी साेलिडारिटी कप फुटबल प्रतियाेगिता बिजेता नेपाली टाेलिलार्इ जनही तीन लाख रूपैयाँसहित सम्मान गरेकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा  साेमबार भएकाे एक कार्यक्रमका बीच खेलाडीहरू तथा प्रशिक्षकलार्इ सम्मान गरिएकाे हाे।

प्रधानमन्त्री पुष्पकमल दाहाल तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीले खेलाडी र प्रशिक्षकलाई सम्मान गरेका हुन्। सरकारले एएफसी साेलिडारिटी कप विजेता खेलाडीलार्इ सम्मान गर्ने पूर्व घाेषणा बमाेजिम साे सम्मान गरिएकाे हाे। 

कात्तिक अन्त्यमा मलेसियाको कुचिङमा भएको सोलिडारिटी कपमा नेपाल च्याम्पियन बनेकाे थियाे। नेपालले फाइनलमा मकाउलार्इ ० ले पराजित गरेकाे थियाे। साे प्रतियाेगिता नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता जितेको पहिलाे अवसर थियाे।

अनिल गुरुङको कप्तानीमा रहेको टोलीमा विकेश कुथु, रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, बिमल घर्तीमगर, विशाल राई, रञ्जन विष्ट, हेमन गुरुङ, विक्रम लामा, कमल श्रेष्ठ रहेका थिए। त्यस्तै अञ्जन विष्ट, सुजल श्रेष्ठ, किरण चेम्जोङ, सुमन लामा, नवयुग श्रेष्ठ, देवन्द्र तामाङ, विशाल श्रेष्ठ, भरत खवास, राजेन्द्र रावल र रञ्जित धिमाल टोलीका सदस्य थिए।

प्रशिक्षण टोलीमा जापानी ग्यातुको कोजी मुख्य प्रशिक्षक तथा राजुकाजी शाक्य प्रशिक्षक, उज्जवल मानन्धर गोलकिपर प्रशिक्षक थिए। टोली व्यवस्थापकमा विराटजंग शाही, फिजियो सुरज भुसाल र मिडिया अफिसर सुवास हुमागाई थिए।


 

More form the Internet

loading...