Suvadin, Home

राष्ट्रिय टिम छनाैट गर्न प्रारम्भिक ५२ जना खेलाडीकाे नाम घाेषणा, काे-काे परे ?

अार्इसीसी विश्व क्रिकेट च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि राष्ट्रिय टिम छनाैट गर्ने उद्देश्यले सुपर लिग प्रतियाेगिता अायाेजना गरिने भएकाे छ। सुपर लिग प्रतियाेगिताका लागि मंगलवार ५२ जना खेलाडीहरूकाे नाम समेत सार्वजनिक गरिएकाे छ।

काठमाडाैं, माघ ४


अार्इसीसी विश्व क्रिकेट च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि राष्ट्रिय टिम छनाैट गर्ने उद्देश्यले सुपर लिग प्रतियाेगिता अायाेजना गरिने भएकाे छ। सुपर लिग प्रतियाेगिताका लागि मंगलवार ५२ जना खेलाडीहरूकाे नाम समेत सार्वजनिक गरिएकाे छ। 

माघ ६ गतेदेखि ११ गतेसम्म कीर्तिपुर मैदानमा हुने सुपर लिग प्रतियाेगितामा सहभागी हुने ५२ जना खेलाडीहरूलार्इ चार टिममा विभाजन गरिने भएकाे छ। पहिलाे खेल बिहीबार टिम ‘ए’ र टिम ‘बी’ बीच हुनेछ भने ‘ए’ र ‘सी’ को खेल शुक्रबार, ‘बी’ र ‘डी’ को खेल शनिबार, ‘ए’ र ‘डी’ को आइतबार अनि ‘बी’ र ‘सी’ को खेल सोमबार र ‘सी’ र ‘डी’ को मंगलबार हुनेछ।

टिम छनाैटका लागि प्रारम्भिक सूचीमा परेका खेलाडीकाे नामावली यसप्रकार छ।

पारस खड्का, ज्ञानेन्द्र मल्ल, सरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, अनिलकुमार मण्डल, राजेश पुलामी मगर, विक्रम सोब, सुवास खकुरेल, सुनिल धमला, सन्दीप लामिछाने, आरिफ शेख, राजु रिजाल, विनोद भण्डारी, अविनाश कर्ण, प्रदीप ऐरी, सुशान भारी, दीपेन्द्रसिंह ऐरी, मोहम्मद आलम, महेश क्षेत्री, नरेश बुढाऐर, सिद्धान्त लोहनी, सन्दीप सुनार, ललितसिंह भण्डारी, जितेन्द्र मुखिया, दिलीप नाथ, आदिल खान, कमलसिंह ऐरी, आरिफ शेख, दीपेश श्रेष्ठ, किशोर महतो, विक्रमकुमार भुसाल, सुसान्तसिंह थापा, मञ्जित श्रेष्ठ, रसिद खान, सन्दीप ढुंगाना, प्रेम तामाङ, भुवन कार्की, हरिशंकर साह, पृथु बास्कोटा, सोनु तामाङ, रोहितकुमार पौडेल, रामनरेश गिरी, सुशिल कडेँल, अमित श्रेष्ठ, पवन सरार्फ, अविनाश बोहरा, कुशल भूर्तेल, अमरसिंह रोउतेला र सुवार्नकर उराव।

 


 

More form the Internet

loading...