Suvadin, Home

अन्तरकलेज सुपर इन्डोर क्रिकेटकाे उद्घाटनमै ६ वटा खेल

लिगकम नकअाउटका अाधारमा खेलाइने प्रतियाेगितामा विभिन्न १६ टिमकाे सहभागिता रहेकाे छ। सहभागी टाेलीलार्इ ४ समूहमा विभाजन गर्दै प्रतिस्पर्धामा सहभागी गराइएकाे हाे।  प्रतियोगिताको विजेताले १ लाख तथा प्लेयर अफ दी सिरिजले १० तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले समान ५ हजार रुपैयाँ पाउने अायाेजकले जनाएकाे छ।
राजश्री जनक कलेजका प्रदीप एेरी ब्याटिङ गर्दै।

काठमाडाैं, फागुन ४ - अल्टिमेट इन्डोर्स प्रालि र पाण्डा इभेन्ट्सको आयोजनाकाे संयुक्त अायाेजनामा मंगलवारदेखि राजधानीमा सुरु भएको अन्तरकलेज सुपर इन्डोर क्रिकेटकाे उद्घाटन दिनमा समूह चरणका छ वटा खेलहरू सम्पन्न भएका छन्। 

पहिलो खेलमा काठमाडौं कलेज अफ म्यानेजमेन्टले नोभा कलेजलाई ४१ रनले हरायाे भने दोस्रो खेलमा पेन्टागन कलेजले राजश्री जनक कलेजमाथि ७३ रनकाे फराकिलाे जीत निकालेकाे छ।

त्यस्तै, तेस्रो खेलमा काठमाडौं कलेज अफ म्यानेजमेन्टले नागार्जुन कलेजलाई ३० रनले हरायो। चौथो खेलमा कौस्तुभ कलेजले हिमालयन व्हाइट हाउस कलेजलाई १ सय २ रनको फराकिलो अन्तरले पाखा लगायाे।

त्यस्तै, साेही दिन भएकाे अर्काे खेलमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्रले सिल्क रोड कलेजलाई ३० रनलाई पराजित गर्याे। अन्तिम खेलमा व्हाइट हाउस कलेज कसमस कलेजसँग पराजित भयो।

लिगकम नकअाउटका अाधारमा खेलाइने प्रतियाेगितामा विभिन्न १६ टिमकाे सहभागिता रहेकाे छ। सहभागी टाेलीलार्इ ४ समूहमा विभाजन गर्दै प्रतिस्पर्धामा सहभागी गराइएकाे हाे।  प्रतियोगिताको विजेताले १ लाख तथा प्लेयर अफ दी सिरिजले १० तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले समान ५ हजार रुपैयाँ पाउने अायाेजकले जनाएकाे छ।


 

More form the Internet

loading...